युक्रेनको राजधानी किभमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरेकाे जनाइएको छ ।

युक्रेनमाथि एकतर्फी हमलामा उत्रेको १७ औं दिनमा राजधानी किभ नजिक पुगेको रुसी सेनाले हमला गरिरहेको सीएनएनले जनाएको हो ।

रुसी सेनाले अहिले पूर्व र उत्तरपूर्वबाट हमला गरिरहेको छ ।

यसैबीच, केही दिनअघि देखि किभको पश्चिमतिर ६५ किलोमिटरसम्म लामबद्ध भएका रुसी सेनाले आफ्नो फौजलाई विभिन्न स्थानमा फैलाएको म्याक्सर प्रविधिको स्याटलाइट तस्बिर सार्वजनिक भएका छन् ।

रुसी सेना अहिले आवासीय क्षेत्र, जंगल र झाडीमा गएर किभमाथि आक्रमण गर्ने योजना बनाउँदै गरेको बताइएको छ ।

किभ नजिकका इर्पिन, लुबायान्का, ओझेरा, एन्टोभ हवाईमार्गको वरिपरि, इभान्किभ, बेरेष्टयान्कालगायतमा रुसी फौज तैनाथ भएका छन्

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो