नेपालमा पुस दोस्रो साताबाट सुरु भएको कोरोनाको तेस्रो लहरको ग्राफ दैनिक घट्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तीन दिनको तथ्याक हेर्ने हो भने संक्रमणदर एक सय भन्दा कम छ । माघ १४ गते करिब ९० हजारको हाराहारीमा सक्रिय संक्रमित रहेकोमा घटेर छ हजारमा झरेको छ ।

नेपालमा मात्र नभएर कोरोन संसारभर नै घटेको जनस्वास्थ्यविद् डा. केदारप्रसाद बराल बताउनुहुन्छ ।
डा. बरालका अनुसार संक्रमण घट्नुको कारण खोप प्रभावकारिता, भाइरसको जीनमा परीवर्तन हुने क्रममा कमजोर भएर आएकोले रोग लागे पनि गम्भिर नबनाएकाले संसारभर संक्रमणदर घट्दै गइरहेको छ ।
संक्रमणदर पूर्ण रुपमा शून्य भइसकेको छैन । सय भन्दा कममा संक्रमणदर पुगे पनि त्यसैले भीडभाड, सभा, सम्मेलन हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने जनस्वास्थ्यविद् डा. बराल बताउनुहुन्छ ।
अहिलेसम्म अल्फा, गामा, बिटा, डेल्टा, ओमिक्रोन लगायत भेरियन्ट देखिसकेका छन् । सक्रिय संक्रमित कम भए पछि अब हामी कोभिडको जोखिमबाट मुक्त भयौं त ? यदि छैन भने अब आउने भाइरसको उत्परिवर्तन कहिले र कुन अवस्थामा आउँछ ?,साढे दुई वर्षमा कोरोना भाइरसले के सिकायोे ?, अब यस्तै महामारी फैलिएमा के गर्ने लगायतका विषयमा गोरखापत्र अनलाइनको लागि जनस्वास्थय विज्ञ डा केदारप्रसाद बरालसँग भिडियो कुराकानी गरेका छौँ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो