
हेटौंडा । हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी पाँचौ संस्करणको मेयरकप फुटबल प्रतियोगितामा आज मंगलबार दुई खेलहरु हुँदैछ । सोमबार वर्षाको कारणले प्रभावित पारेर स्थगित भएको दुई खेल आज मंगलबार हुन लागेको नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले जानकारी दिएका छन् । नगर खेलकुदको आयोजनामा आज मंगलबार पहिलो खेलमा हेटौंडा–१ र हेटौंडा–१४ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा हेटौंडा–१० र हेटौंडा–१९ बीच प्रतिस्पर्धा हुनेछ । सोमबारको वर्षाको कारणले खेल स्थगित गर्नुपरेको कारणले सबै खेलतालिका एक दिन पछाडि सारिएको नगर खेलकुदका सदस्य विजय गौतमले बताए ।
उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा १९ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्