नेपाल मगर संघ मकवानपुरले नवनिर्वाचित २ केन्द्रिय सदस्यलाई सम्मान गरेको छ । संघको हेटौंडामा बसेको १५औं पुर्ण बैठकले अशोकसारु मगर र अमृता थापामगरलाई सम्मान गरेको हो ।
प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी “छिन्तु” को प्रमुख आतिथ्यतामा नेपाल मगर संघको १२औं राष्ट्रिय माहाधिवेशनबाट सचिव सो सरह अनुशासन विभागको संयोजकमा निर्वाचित सारु मगर र केन्द्रिय सदस्यमा निर्वाचित र मकवानपुर ईन्चार्ज थापा मगरलाई पनि सम्मान गरेको जनाएको छ ।
यसको साथै बैठकले श्रावण २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको मगर संघ मकवानपुरका सचिव सन्देश तुम्सिङ्ग मगरले जानकारी दिए ।
जिल्ला अध्यक्ष होमबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको लागी आर्थिक समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
संघको भातृ संगठनहरुको सम्मेलन श्रावण २१ गते र स्थानियतह कमिटीको १४ गते गर्ने निर्णय भएको सचिव मगरले बताए ।
कार्यक्रममा नेपाल मगर साँस्कृतिक संघ मकवानपुरको अध्यक्ष भूपेन्द्र राना मगर ,नेपाल मगर युवा संघमकवानपुरको अध्यक्ष उपेन्द्र राना मगर, नेपाल मगर महिला संघ मकवानपुरको अध्यक्ष डेमिज थापामगर, नेपाल मगर विद्यार्थी संघ मकवानपुरको अध्यक्ष शिव पुलामी मगर, शंकर ब.थापामगर, खेम जर्गा मगर, उर्मिला पुलामी मगर, कुश बहादुर थापा मगर, बेली थापा मगर, तिर्थ बहादुर थापामगर, रञ्जित कुमार राना, ज्ञानु थापामगर, उर्मिला राना मगर, खगेन्द्र श्रिस मगर र रोहित रानामगरको आतिथ्यता रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्