
थाहानगर (पालुङ) / दोस्रो थाहा फिल्म फेष्टिभल आज आइतबारबाट थाहा नगरपालिकामा सुरु हुँदैछ । थाहा कला केन्द्र मकवानपुरको आयोजनामा वडा–६,स्थि सुमार्गी भवनमा फिल्म फेष्टिल हुन लागेको हो । प्रमोद कृष्ण जोशिको संयोजनमा हुने फिल्म फेष्टिभलको उद्घाटन पूर्व गृह राज्य मन्त्री तथा नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले उद्धाटन गर्नेछन् ।
पालिका भित्र हालसम्म कुनै फिल्म हल सञ्चालनमा नभएसँगै नेपाली फिल्म हेर्न नपाउने दर्शकलाई लक्षित गरेर आयोजना गर्न लागेको फेष्टिभल माघ १ गते मंगलबार सम्म सञ्चालन हुनेछ ।फेष्टिभलमा सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी २० फिल्म प्रदर्शन गरिने आयोजकले बताएका छन् । आयोजकका अनुसार फिल्मको समीक्षाको विषयमाथि छलफल समेत हुने गरिने छ ।
पर्यटकीय गन्तव्यका रूपमा परिचित, सांस्कृतिक रूपमा पनि धनी मानिएको थाहा नगरपालिका फिल्म छायांकनका लागि रोजाइमा पर्ने स्थान भएकाले आयोजना गर्न लागिएको थाहा कला केन्द्रका अध्यक्ष सनोबाबु मोक्तानले जानकारी दिएका छन् । थाहा नगर सहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीको रुपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्य रहेको अध्यक्ष मोक्तानले बताए ।
अध्यक्ष मुक्तानले बताए अनुसार फेस्टिभलका लागि ४६ फिल्म अघि सारिएपनि सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी २० फिल्म छानिएका छन् ।जसमा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’ र ‘मोदिबेनी’ परेको छ।सर्ट फिल्ममा ‘बेली’, ‘अन्तवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’ र ‘खिल’ छन्।डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा’ र ‘गल्र्स रिराइटिङ डेस्टिनी’ छन्।
प्रतिक्रिया दिनुहोस्