पछिल्लो २४ घण्टमा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुई हजार २३८ पीसीआर परीक्षणमा ३० जना र दुई हजार ८२४ एन्टिजेन परीक्षणमा ४३ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, सोहीक्रममा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ भने कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच हजार ५० रहेको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो