संगीतको दुनियाँमा करिब ८० वर्षदेखि गायनको कला क्षेत्रमा सक्रिय रहेकी लता मंगेशकरको स्वास्थ्यमा समस्या देखिएपछि उपचारकै क्रममा आइतबार सरस्वती पूजाकै दिन निधन भएको छ ।

आखिर जे डर थियो त्यही भयो भन्दै भारतले आफ्नो सबैभन्दा अमूल्य रत्न गुमाएकोमा भारतका कलाकर्मी सहित्यकार,संगितकर्मी लगायत भारतबासी देखि बिभिन्न देशका नागरिक र नेपालीहरुले पनि दुख व्यक्त गरेका छन् ।

भारतीय सञ्चारले जनाए अनुसार स्वरा कोकिला, दिदी र ताई भनेर चिनिने लताको निधनले देशैभर शोकको लहर छ बनेको छ । उनले करोडौंमन जित्न सफल संगीत प्रेमीहरुको मन छुने गरि शव्दलाई आफ्नो स्वर दिने लता कोरोनासंग पराजित हुदै अस्ताएकी हुन्् ।

उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि शिवाजी पार्कमा राखिनेछ जनाईएको छ भने लताको निधनमा दुई दिने राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।

स्वास्थ्यका कारण कोठामा बढी समय बिताउने गर्दै झण्डै दुई वर्षसम्म घरमा बसेर कहिलेकाही सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानलाई सन्देश दिने गर्दागर्दै घरका एकजना कर्मचारीमा कोरोना पोजेटिभ आएपछि उनको परीक्षण गरिएको थियो ।

९२ वर्षीया लताको कोरोना रिपोर्ट ८ जनवरीमा पोजेटिभ आएपछि तत्काल अस्पताल भर्ना गरिएको थियो ।े भर्नाको खबर पुष २६ गते सार्वजनिक भएको थियो ।

कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछिे १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उपचार थालिएको थियो ।

लतालाई निमोनिया र सास फेर्न गाह्रो भएपछि ब्रीच क्यान्डी अस्पतालमा २८ दिनसम्म भर्ना गरिएको थियो । लामो समयदेखि उपचार गर्दै आएका डा। प्रतिमा सम्धानीको निगरानीमा मात्रै चिकित्सकको टोलीले उनको उपचार गरिरहेको थियो भने उपचारका क्रममा उनको स्वास्थ्यमा पनि सुधार देखिएको थियो ।

उनलाई निरन्तर डा। कै निगरानीमा करिब ५ दिनअघि उनको स्वास्थ्यमा पनि सुधार आएका कारण अक्सिजन निकालेर असायुमा राखिएपनि आइतबार बिहान ८ः०२ बजे उनको निधन भएको हो ।

सन् १९६० देखि २००० सम्मको समय थियो, जब लता मंगेशकरको आवाज बिना फिल्म अधुरो मानिन्थ्यो । उनको आवाजले गीत हिट हुने र चलचित्रको महत्व बढ्ने गथ्र्यो ।

लताले ३६ भाषामा झण्डै ५० हजार गीत गाएकी छिन् भने जुन कुनै पनि गायिकाका लागि पनि महत्वपुर्ण रेकर्ड मानिएको हो । उनले एक हजारभन्दा बढी फिल्ममा आवाज दिएर जनमानसमा परिचत हुन सफल भएकी हुन् ।

 

उनले भारतीय मात्र नभएर नेपाल ीलगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिएकी छिन् । २००१ मा भारतको सर्वोच्च नागरिक पुरस्कार, भारत रत्न प्रदान गरिएको थियो ।

गायिकासँगै संगीतकार पनि समेत रहेकी मंगेसकरले बाचुन्जेलीलाई,, आकाशमा, तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएर फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत अनगिन्ती पुरस्कारबाट सम्मानित हुन सफ भएकी थिईन् ।

यसअघि पनि उनलाई पद्मविभूषण, पद्मभूषण, दादासाहेब फाल्केलगायत धेरै सम्मान प्रदान गरिएको थियो भने ६१ वर्षको उमेरमा गीतका लागि राष्ट्रिय पुरस्कार जित्ने एक मात्र गायिका थिइन् ।

संगीत र मराठी थिएटरको संसारमा एक प्रसिद्ध व्यक्ती पं। दीनानाथ मंगेशकरको छोरीका रुपमा बि।स १९८५ भदौ १३ गते १९२९ सेप्टेम्बर २८ मा मध्य प्रदेशको इन्दोरमा जन्मिएकी स्वरकी धनि मेलोडी क्वीन लता मंगेशकरले कोरोनासँगको लडाइमा पराजित हुँदै आज ९२ वर्षको उमेरमा  मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा  संसारबाट बिदा भएकी हुन् ।