माघ १६ गते देखि पन्तको निर्देशन पल शाहाको मुख्य अभिनय चलचित्र ‘आ बाट आमा’ र बलिराम चौहान निर्देशित बेनिशा हमालको मुख्य भूमिका रहेको “द ब्लू लाइट” प्रदर्शनमा आएको छ ।

‘आ बाट आमा’

एक ग्रामीण भेगका परिवारको सम्बन्ध समर्पण, बाध्यताले परदेशिन लागेको छोरा र आमाबुवाले सन्तानप्रति गरेको माया देखाइएको निर्माणटोली बताउछन् ।
त्रिकोणात्मक प्रेमकथासँगै आध्यात्मिक कुरालाई समावेश गरिएको र फिल्म दर्शकको मनमा बस्ने निर्माण टोलीको भनाई छ ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा पलसंगै भारतीय अभिनेता हिन्दी फिल्म गजनीका भिलेन प्रदीप रावत,विपना थापा, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले संगीत भरेका छन्।

चलचित्रका गीतमा गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफीमा नवराज उप्रेतीले छायांकन गरेका हुन् । अभिमन्यू निरवीको मुख्य संवाद रहेको छ भने लेखनमा अमर न्यौपाने र निर्देशक पन्तले पनि सहकार्य गरेका छन्।
कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता करण सिंह रसाइली हुन्।

……………..
‘द ब्लु लाइट’
फिल्मको कन्टेन्ट ‘द ब्लु लाइट’ साइकोलोजिकल थ्रिलर जनराको विषयवस्तु नै आकर्षण केन्द्रमा रहेको बताएका हुन् ।

बलिराम चौहानको निर्देशित ‘द ब्लु लाइट’ पहिलो निर्देशन हो ।
तर, पनि फिल्म हेर्दै गर्दा दृश्य र त्यसको प्रस्तुतिले दर्शकलाई सोच्न बाध्य बनाउने कलाकारहरुको दावी छ । अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, आयुष्मान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् ।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको फिल्ममा भोलानाथ कटुवाल र रमन ग्रे सह–निर्माताका रूपमा छन् ।

कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र बेनिशा हमाल रहेका छन् ।

नरेन्द्र मैनालीकै छायांकन रहेको चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

 

हेटौंडामा मन परेको फिल्म हेर्नका लागि
NS Cinema Hetauda-4
Narayani Mall – 057 520949