रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालीका वडा नं १९ मा नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘ख’ को संयुक्त आयोजनामा सोमबार भएको क्षेत्रीय सम्मेलनमा सम्पन्न भएको छ ।

सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले गठबन्धनका कारण कांग्रेसले ठुलै बेफाइदा भोग्नु परेकोले अब कुसै सँग गठबन्धन नगर्ने बताए ।

महामन्त्री थापाले भने टिकट पाउ भनी नेताकोमा धाउने हैन, अब जनता र कार्यकर्ताको बिचमा जानुपर्छ ।

सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राम्रो बनाउने विषयमा तर्कपुर्ण ढंगबाट अर्थपुर्ण  बहस जरुरी रहेको बताउँदै पार्टी सदस्यता लिने तथा नवीकरण प्रक्रिया अनलाइन मार्फत गराएर डिजिटलाइज गर्ने प्रणाली निर्माण गर्ने बताए ।

यसै बिच कार्यक्रममा बोल्दै कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले घात र अन्तरघातको राजनीतिलाई हटाउदै पार्टी बनाउने काम तिर एकजुट हुनुपर्ने बताए ।

उनले जनताको गुनासोलाई ध्यानमा राखी, जनताको मन जितेर फेरी कांग्रस प्रति प्रेम, सद्भाव र विस्वासलाई जगाउनु जरुरी रहेको बताए।