हेटौंडा । नेवा: गुठी खलः मकवानपुरको तेस्रो साधारण सभा तथा नेवा एक चिनारी स्मारिका विमोचन एवम अभिनन्दन, सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेवारी सम्वत ११४४ चौलागा तृतिया अन्तरगर्त शनिबार सम्पन्न कार्यक्रममा नेवाः एक चिनारी स्मारीका विमोचन भएसंगै बिभिन्न व्यक्तीत्वहरुलाइ सम्मन गरिएको छ । सोही क्रममा कार्यक्रममा जेष्ठ नागरिक ९१ वर्षीय सोममाय बलामी, तिर्थमाया मानन्धर र रुद्रहरी जोशीलाई जेष्ठ नागरिकबाट अभिनन्दन गरिएको छ ।

त्यस्तैगरि हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा शिक्षाविद् पुरनबहादुर जोशी बीबीए सातौँ सेमेष्टरमा नेपाल टप श्रृष्टी महर्जन, मकवानपुर बहुमुखी क्याम्पस बीबीए संकायमा नेपाल टप ईशा श्रेष्ठ, बालकुमारी पार्टी प्यालेसका सञ्चालक राजेश मानन्धर, उषा बासुकलालाई सम्मान गरेको छ ।

त्यस्तैगरि नेवा समुदायबाट विभिन्न क्षेत्रमा नेतृत्व प्रदान गरेको भन्दै मेनुका श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ अध्यक्ष देवकुमार श्रेष्ठ, नेपाल मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष सर्मिला श्रेष्ठ, प्याव्सन नगर अध्यक्ष रामकुमार श्रेष्ठ, सचेत नागरिक युवा समूह मकवानपुरका अध्यक्ष शिव नारायण श्रेष्ठ र हेटौंडा जेसीज मकवानपुरका अध्यक्ष विकेशलाल श्रेष्ठलाई सम्मान गरेको हो ।

कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले नेवाः गुठी खललाई १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मकवानपुरका अध्यक्ष अनिल कृष्ण खड्कीेको सभाध्यक्षतामा बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो ।

प्रदेश सभा सदस्य लक्ष्मी देवि श्रेष्ठ, श्री सत्य ओम बाबा ,नेवा देय दवु, बागमती प्रदेश अध्यक्ष विष्णु गोपाल महर्जन, जनता समाजवाद पार्टीका केन्द्रीय सदस्य विद्युत वर्जाचार्य, मकवानपुर महिला उद्योग व्यवसायी संघका अध्यक्ष सुशिला पाण्डे मानन्धर लगायतको आतिथ्यता रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी