बागमती प्रदेशको राजधानी हेटौँडा स्थित ४ कर्रामा तेक्वन्दो कवडहल निमार्ण कार्य सम्पन्नको अवस्थामा रहेको छ  । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको अध्यक्ष एवंम्  कवडहल निर्माण समितिको समेत अध्यक्ष लालकाजीरत्न बज्रचार्य बज्राचार्यले सबैको साथ र सहयोगका कारण सम्भव भएको बताएका छन् ।

सर्वसम्मत अध्यक्षमा चयन गरिएपछि सबैको  सल्लाहा सुझाव अनुसार काम गरेर   संघलाई देशकै नमुना रुपमा स्थापित गर्ने प्रयास सहित चलाईएको कदममा धेरैको साथ पाईएको बताए ।

नेपालमा  सबैभन्दा स्तरिय र सुबिधायुक्त  हुने दावी गर्दै कवड हल निमार्ण पश्चायत तेक्वन्दो खेलको विकासले फड्को मार्ने बताए ।

मकवानपुरमा  खेलाडीहरुको वृद्धिभई तेक्वन्दो खेललाई अन्तराष्ट्रिय स्तरमा परिचित बनाउन सफल हुने बिश्वास रहेको बताएका हुन् ।

२०४५ सालदेखि खेलमा लागेर बिभिन्न स्थानमा उत्कृष्ट खेलाडी हुँदै लण्डनमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल समेत प्राप्त गरेका बज्राचार्य २०७८  श्रावण  ३० गते शनिबार मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको अध्यक्षमा चयन भएका थिए ।

यसै विषयमा के कसरी काम भयो र कहिले उद्घाटन हुँदेछ भन्न जानकारी लिनका लागि गरिएको कुराकानी ।।।