हेटौंडा उपमहानगपालिाका–२ मानसचोकमा रहेको श्री सिद्धि विनायक टोल विकास संस्थाले १८ वर्ष पुरा गरेको छ।
टोल विकास संस्थाले १८ वर्ष पुरा गरेको अवसर पारेर शुक्रबार ओम शान्ति टोलमा साधरण भेलाको आयोजना गरेको छ ।

उक्त भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर–२ का वडाध्यक्ष विष्णु गोपाल महर्जनले टोल बिकासमा वचत गर्ने र ऋणको कारोबार मात्र नभएर आर्थिक स्रोतको बाटो स्थापित गर्न सक्ने टोल बिकास बनाउन जरुरी रहेको बताए ।

उनले हेटौंडामा रहेको कतिपय टोल बिकासको समेत पत्तो नभएको र टोल बिकासका अध्यक्षहरु परिचित भएपनि के कस्ता गतिबिधि गर्यो भन्ने सम्म पनि जानकारी नभएको अवस्था रहेको महर्जनको भनाइ छ

उपमहानगरकै मुटुमा रहेको वडा नम्बर २ को टोल बिकासलाई आउदा दिनमा गर्ने कार्यले सदस्यहरुका लागि अर्थिक चलायमान बनाउने योजना बनाउन र त्यसका निम्ति वडा र आफ्नो तर्फबाट सहयोग रहने महर्जनले बताएका हुन् ।

वार्षिक साधरण भेलामा वर्ष भरिका गतिबिधि, आर्थिक प्रतिबेदन पेश लगायतका जानकारी गराइएको हो।

टोलमा रहेकाहरु द्धारा स्थापित ८८ जना सदस्य रहेको टोलबिकासले अर्थिक वर्ष २०७९( ८० मा गरिएका गतिबिधिहरु संगै सदस्यहरुका लागि गरेको ऋण लगानी, बचत, उठाइएको रकम र बचत रकमबाट सदस्यहरुले प्राप्त गरेका व्यजदरबारे आय।व्य। प्रस्तुत गरिएको हो ।

टोल बिकाश अध्यक्ष गंगा स्याङ्गतानको सभाध्यक्षता वडाध्यक्ष विष्णु गोपाल महर्जनको प्रमुख अतिथ्यतामा साधारण भेला गरिएको हो ।

सामाजिक माहाशाखाकी गोपिनी गौतम, नगर समन्वय समिती टोल बिकासकी चन्द्रावती पनेरुको विशिष्ट आतिथ्यता रहेको भेला कार्यक्रममा कार्यसमिति सदस्य, साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो ।