सरसफाइ कार्यक्रममा सहभागी भएका पदाधिकारीहरु ।

हेटौंडा । हेटौंडा उमहानगरपालिका भित्रको १९ वटा वडा भित्र सरसफाइ गरिएको छ । ५६ औं विश्व वातावरण दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन शनिबार हेटौंडा भित्रको १९ वटा वडा वृहत रुपमा सरफाइ गरिएको हो । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा, १९ वटा वडाको टोल विकास संस्थाको समन्वयमा र टोल विकास नगर समन्वय समितिको आयोजनामा उपमहानगरपालिकाक सबै वडामा एक साथ सरसफाइ गरिएको टोल विकास संस्थाका महासचिव शिवहरि दहालले जानकारी दिएका छन् ।

 

 

 

हेटौंडा भित्रका गल्लीहरुमा, मुख्यचोकमा, सार्वजानिक स्थाल, बजार क्षेत्र र विद्यालयको आसपासी क्षेत्रमा सरसफाइ गरेको संस्थाका महासचिव शिवहरि दहालले बताए ।सरफाइन कार्यक्रमा टोल विकास संस्था, वडा समन्वय समिति, सामुदायिक वन केन्द्रका समूह, विद्यालयका स्काउट, नेपाल रेडक्रम सोसाइटी, सामुदायिक प्रहरी सेवा केन्द्र, महिला समूह, युवा क्लबहरुको सहभागिता रहेको महासचिव दहालले बताए ।

प्लाष्टिक प्रदुष्ण अन्त्य गरौँ भन्ने मूल नाराका साथ टोल विकास संस्थाका सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन वृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको हो भने पहिलो दिन हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । हेटौंडालाई प्लाष्टिकमुक्त, स्वच्छ र हरित नगर बनाउन प्रयासमा रहेको उनले बताए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि सोमबार हेटौंडा–१०,स्थित वनविज्ञान क्याम्पसमा हेटौंडा सुन्दर वातावरण विषयक चित्रकला प्रतियोगिता र प्राकृतिक सम्वाद यात्रा हुने उनले बताए । हरेक वर्षको जुन ५ मा विश्व वतावरण दिवस मनाइने गरेको छ ।