म्यान अफ द म्याचलाई पुरस्कृत गरिँदै ।

हेटौंडा । हेटौंडा–६,स्थित गौरिटार रंगशालामा जारी तेस्रो संस्करणको १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको अन्तर्गत शनिबार क्वार्टरफाइनल चरणको दुई खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको हो । शनिबार भएको पहिलो खेलमा साविक चुरियामाइ–७ ले टाइब्रेकरमा साविक चुरियामाइ–४ लाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुप¥यो । खेलको म्यान अफ द म्याच गोलरक्षक वाङदेङ ब्लोन घोषित भएका छन्। यस्तै, शनिबार भएकै दोस्रो खेलमा साविक चुरियामाई–५ ले चुरियामाई–९ लाई १–० गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । किशन थापा मगरको निर्णायक गोलमा चुरियामाई–५ सेमीफाइनलमा प्रवेश गरेको हो ।

म्यान अफ द म्याच मगर घोषित भएका छन् । प्रतियोगिता अन्तर्गत भोलि सेमीफाइनल चरणको २ खेलहरु सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दोस्रो संस्करणको अन्तरवडास्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १७ वटा वडाहरुको सहभागिता रहेको थियो भने १२ नम्बर वडा उपाधि विजेत बनेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी