रोशन दिप – हेटौडाका डान्सर “रवी लामा”ले अभिनय गरेको “घर मेरो जितपुर सिमरा” नामक तामाङ सेलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रवी लामाको मुख्य भुमिका मिठास र प्रेमका शब्दहरुमा रहेको म्युजिक भिडियो दर्शकहरुको ध्यानाकार्षण गराउन सक्ने क्याची देखाईको छ भने कोरिओग्राफी र निदेर्शन पनि लामाकै रहेको छ ।

“रवी लामा” नामक अफिसियल आधिकारीक युट्युव च्यानलमा उक्त भिडियो सार्वजनिक गरिएको हो । लामाको साथमा सनिता बल प्रेमिकाको भुमिकामा देखिएकी छिन् ।

त्यसै गरि सुर्य लामाको छायांकन रहेको उक्त म्युजिक भिडियोमा गायक प्रकाश तामाङ तितुङ र सुमिना लो स्वर, शब्द सुब्बा तामाङ लोप्चनको रहेको छ भने, मिक्सिङ सुमन खड्काले गरेका हुन् ।

जिग्मे मिडीया प्रोडक्सन बाट बनेको भिडियोमा कलिउड सुपर डान्सर एण्ड फिट्नेस डान्स क्रियुले नृत्य प्रस्तुत गरेको, बब्लु गरुङ उत्पादन प्रबन्धक हुन भने रोशन लामाको मेकअप र ड्रेस तर्फ अमर गुरुङले र फनिन्द्र राइले एरेन्ज गरेका छन् ।