हेटौंडा । हेटौंडा–५,स्थित हेटौंडा सिटी कलेजले स्नाकोत्तर तहमा ४ वर्षे ब्वाचलर अफ विजनेश स्टडी (वीवीएस) विषय निःशूल्क पढाउने घोषणा गरेको छ । शनिबार कलेजले पत्रकार सम्मेलनको आयोजना गर्दै त्रिभुवन विश्व विद्यालय टियु अन्तर्गत स्नाकोत्तर तह प्रथम वर्षदेखि चौंथो वर्ष सम्म वीवीएसमा निःशुल्क अध्ययन र अवसर प्रदान गर्ने घोषणा गरेको जानकारी दिएको छ ।
हेटौंडा क्याम्पसका प्रचार्य श्रीबहादुर कार्कीले विविध कारणले उच्च शिक्षाबाट वञ्चित भएका र पढ्ने इच्छा गरेका विद्यार्थीका समावेश गरेको वीवीएसको निःशुल्क कार्यक्रम ल्याएको बताएका छन् । ४० जना विद्यार्थीको सीमित कोटा राखेर यो कार्यक्रम अन्तर्गत निःशूल्क लेखा प्रशिक्षण, कम्पयुटर तालिमसहित अन्य विभिन्न तालिम दिएर कलेजबाट अध्ययन पुरा गरेका विद्यार्थीलाई व्यवसायी सञ्चालन गर्दै रोजगारी प्रदान गर्न सक्ने अवसर प्रदान गरिने उनले बताए ।
कक्षा–१२ को परीक्षामा उत्तीर्ण गरेर पढ्नका लागि आवश्यक जीपिए ल्याएका विद्यार्थीलाई कलेजबाट सीप सिकेर गएपछि आत्मानिभर्ताको वातावरण मिलाउने र कलेजको नाम राख्नेगरी भर्ना गराइने उनले बताए । विद्यार्थी उक्त विषय पढ्नका लागि टियुको नियम अन्तर्गतको लाग्ने शूल्क परीक्षा फारम भर्नका लागि दिनुपरेपनि अन्य कुनै शूल्क र्तीर्नु नपर्ने उनले बताए । कलेजले यसका लागि तयारी कक्षाको पनि सञ्चालन गर्ने उनले बताए । २०७० सालमा पहिलो आइटी कलेजको रुपमा स्थापित कलेजमा स्कूल र कलेज गरेर करिब १ हजार २ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । पत्रकार सम्मेलनमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रमिता पाण्डे र प्रशासन प्रमुख सुमन्त सिलवालको उपस्थिति रहेको थियो ।
























प्रतिक्रिया दिनुहोस्