मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दावी गरिरहेका छन् ।
निर्वाचनका लागि राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई अत्याधिक तीव्रता दिएका छन् भने आफ्नो पक्षलाई चुनाव जिताउने रणनीतिमा छन् ।
मकवानपुरमा निर्वाचनमा रोचक प्रतिस्पर्धा बन्ने देखिएको छ ।
आफ्ना योजना सुनाउदै उम्मेदवारी दिएका लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले जनताले चाहे जस्तै निति तयार गर्ने बताउछन् ।
नेपाली कांग्रेस मकवानपुरका नेता समेत रहेका पराजुलीले सधै भरि मतदाताको मतको सम्मान गर्ने र शिर निहुरिने काम नगर्ने प्रतिवद्धता जनाएका छन् ।
चुनावी अभियानको क्रममा मतदाताको घरघरमा पुगेर जनताकै चाहना अनुसार साझा भएर अघि बढ्ने र राजनीतिलाई सेवा बनाएर जिल्लाको विकास र समृद्धिको अभियानमा पछि नपर्ने बताए ।
प्रदेश राजधानी हेटौंडा भएपनि भौतिक पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेकोले स्थानीय र प्रदेश सरकारसंगको समन्वयमा केन्द्र सरकारबाट बजेट ल्याएर काम गर्ने योजना रहेको बताए ।
यसअघि जितेर गएकाहरुबाट कुनै काम नभएको अबको समयमा गठबन्धनको सरकारै आवास्यक रहेको पराजुलीले बताएका हुन् ।
पटक पटक जितेको एमालेले देखिने काम केही गर्न नसकेको र फेरि पनि प्रलोभन र आश्वासनको पोको लिएर जनता झुक्याउन आएको आरोप लगाए ।
कुनै योजना नै नभएपछि गठबन्धनको विरुद्ध बोलिरहेको र जनमतको अपमान गरेकै कारण पनि जनतको लागि साझा भएर जनताकै माझ रहेर काम गर्ने प्रतिबद्धता जनाए ।
नेपाली कांग्रेस हेटौंडाको निवर्तमान नगर सभापति समेत रहेका पराजुली भन्छन् “चुनाव भुकम्पमा होस् या कोरोना संक्रमणकालमा विपन्न र समस्यामा परेकालाई होस सहयोग गर्न पछि परेको छैन् । ‘म २०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकको मेयरको उम्मेदवार हुँदा केही अन्तर मतान्तरले पराजित भएँ । हारेपनि विभिन्न सामाजिक कार्यमार्फत जनतासँग जोडिदै आएको हुं । निरन्तर जनताको माझ सेवामै छु , रहिरहनेछु । संविधान र व्यवस्था विरोधी तत्वहरु विरुद्ध छन् भनेर बुझिदिनु ।” अब लोकतान्त्रिक बाम गठबन्धनको तर्फका साझा उम्मेदवारलाई विश्वास नगर्दा एकजना माननीयले हार्यो भने सरकार बाहिर रहने स्थिति आउनसक्छ’, त्यसैले संविधान च्यात्न खोज्ने र जनतामाथि कुठाराघात गर्नेहरु विरुद्ध बनेको यो पवित्र गठबन्धनको जित आवास्यक छ ।”
उनले थपे प्रतिनिधिसभा सदस्य पदका लागि मकवानपुरको भूगोल बुझेको महिला नेतृ महालक्ष्मी उपाध्याय डिना उम्मेदवार रहेकोले उहाँको पनि जित आवास्यक छ ।





















प्रतिक्रिया दिनुहोस्