लावती (राक्सिराङ्ग) । श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले राक्सिराङ्ग गाउँपालिकाका वडा नम्बर-३,स्थित लावतीको एक गरिब तथा विपन्न निशा माया चेपाङ्गको परिवारलाई नयाँ घर बनाई दिएको छ । गत महिनाको चैत ४ गते राक्सिराङ्ग गाउँपालिकाका वडा-३ स्थितलावतीकी निशा माया चेपाङ्गको घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो ।
शुक्रबार श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिङ्तान सहितको टोली हेटौंडाबाट राक्सिराङ्गमा पुगेर एक विशेष समारोहकाबीच निशा माया चेपाङ्ग, श्रीमान रमेश कार्की र छोरा जोशेप कार्कीलाई घर हस्तान्तरण गरेका हुन् । श्रम संस्कृति पार्टीका प्रतिनिधिले घर जलेर नष्ट भएको एक महिनामै आर्थिक सहयोग संकलन गरेर र श्रमदानबाट घर निर्माण कार्य सम्पन्न गरेर चेपाङ्गको परिवारलाई हस्तान्तरण गरेको हो ।
घरको चाबी सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण गरिँदै ।

राक्सिराङ्ग गाउँपालिजाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यमा तथा पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिन्तानको सभाध्यक्षमा घरको चाबी हस्तान्तरण गरिएको थियो । करिब साढे ३ धुरको जमिनलाई ओगटेर श्रमदानबाट एक तल्ला २ कोठाको घर निर्माण गरेको जिल्ला अध्यक्ष युनेश लामा सिन्तानले बताएका छन् । घर निर्णाणका लागि करिब झण्डै ४ लाख रुपैयाँ बजेट खर्च हुने भएपनि पार्टीका कार्यकताको श्रमदानबाट र विभिन्न व्यक्तित्व तथा कम्पनीको सहयोगबाट सहयोगबाट २ लाख ५ हजार १ सय ६६ रुपैयाँको बजेटमा निर्माण गर्न सफल भएको जिल्ला अध्यक्ष सिङ्तानले बताए । पालिकाबाट घर निर्माणका लागि जस्ता सहयोग गरेको थियो भने अन्य विभिन्न सहयोगी दाताहरुबाट घर निर्माणका लागि आवश्यक सामाग्री सहयोग प्राप्त भएको थियो । घर निर्माणका लागि निश्चल थिङ तामाङले सबै भन्दा बढी २० हजार रुपैयाँ सहयोग गरेका थिए ।
घर हस्तान्तरणपछि घरधनीको पारिवारसहितको तस्बीर ।

घर हस्तान्तरणपछि राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ले श्रम संस्कृति पार्टीले पीडित परिवारको पीर मर्कालाई बुझेर श्रमदानबाट राक्सिराङ्ग गाउँपालिबाटै समाजिक उत्तरदायित्व अन्तर्गतको कामको सुरुवात गरेकोमा खुशी व्यक्त गरेका छन् । गत १ महिना पहिले आगोमा जलेर घर नष्ट भएको कुरालाई मुल्याङ्कन गर्दै श्रमदानबाट घर निर्माण गर्दिएकोले पीडित परिवारलाई आश्वस दिलाएका छन् अहिलोको समयमा नागरिकता राष्ट्रिय परिचयपत्र बिना विभिन्न सरकारी सेवा लिन नपाउने अवस्था रहेको बताए । हिजोको समयम पार्टीको झण्डा बोकेर आफूले चुनाव जितेको स्विकार गर्दै उनले जित हासिल गरिसकेपछि जनताको साझ भएको स्पष्ट पारेका छन् ।अहिलोको समयमा नागरिकता राष्ट्रिय परिचयपत्र बिना विभिन्न सरकारी सेवा लिन नपाउने अवस्था रहेको बताए ।
श्रम संस्कृति पार्टीले हस्तान्तरण बनाइएको घरको सिधाबाट दृश्य ।

गत १ महिना पहिले आगोमा जलेर घर नष्ट भएको कुरालाई मुल्याङ्कन गर्दै श्रमदानबाट घर निर्माण गर्दिएकोले पीडित परिवारलाई आश्वस दिलाएका छन् । उनले चेपाङ्गले नागरिकता नभएको कारणले विभिन्न सेवा सुविधाको कामबाट बञ्चित भएको बताउँदै वडाबाट सिफारिस गराएर नगरिकता बनाइदिन पहल गर्ने विश्वास दिलाएका थिए ।

पुरानो घर जलेर नष्ट भएपछि बस्दै गरेको छाप्रो

श्रम सँस्कृति पार्टीका केन्द्रीय सदस्य मन्दिरा मोक्तानलेश्रम सँस्कृति पार्टीका केन्द्रीय सदस्य मन्दिरा मोक्तानले पार्टी जिल्ला कमिटीको नेतृत्वमा श्रमदानबाट र आर्थिक सहयोग संकलन गरेर घरमा आगोलागेर नष्ट भएको १ महिनामै निर्माण गरेर हस्तान्तरण गर्न सफल भएको बताएकी छिन् । घर निर्माणका लागि विभिन्न व्यक्तित्वहरुले आर्थिक सहयोग र गाउँपालिकाले घर निर्माणका लागि जस्ता सौजन्य गरेको बताइन् । उनले दु:खमा परेको जनताका लागि उनीहरुको गुनासो सुनेर आवजलाई सदनसम्म पुर्याउने प्रयास गर्ने विश्वास दिलाइन् । उनले श्रमदानबाट पीडामा परेको जनतालाई घर निर्माण लगायतका कामहरु गर्नबाट पछि नपर्ने प्रतिवद्दता व्यक्त गरिन् ।
उनले श्रमदानबाट पीडामा परेको जनतालाई घर निर्माण लगायतका कामहरु गर्नबाट पछि नपर्ने प्रतिवद्दता व्यक्त गरिन् । घर हस्तान्तरण कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका वडा-३ का वडाध्यक्ष उत्तम लामा, श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुन्दर लामा, पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिन्तान, युवा नेता निश्चल थिङ,पूर्व वडाध्यक्ष बाबुलाल थिङ लगायतको उपस्थिति रहेको थियो ।
घर हस्तान्तरण कार्यक्रम समापन पश्चात खिचिएको सामूहिक तस्बीर ।


























प्रतिक्रिया दिनुहोस्