Rato Samachar
Sat, 5 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

मिथिलामा चाडबाडको रौनक

साउन शुक्लपक्ष सुरु भएसँगै मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष सुरु भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक बढाएको हो । साउन शुक्लपक्षको तृतीया तिथिमा नवविवाहिता मिथिलानी (मिथिलाका नारी) ले १३ दिने मधुश्रावणी पर्व सम्पन्न गरेका छन् । सोही तिथिमै मिथिला झुलनोत्सव सुरु भएको छ । तृतीयादेखि पूर्णिमासम्म मिथिलामा झुलनोत्सवको परम्परा छ । यस अवसरमा मठ, मन्दिर र धार्मिकस्थलहरुमा मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नन्दिनी सीताका प्रतिमा चाँदीका डोलामा राखेर भजनकीर्तन गाउँदै ‘झुलाघर’ पु¥याइन्छ । अघि त्रेता युगमा ससुराल आउनुभएका भगवान् रामलाई जनकपुरधाममा सोही समयमा ठाउँठाउँमा झुला खेलाइएको सम्झनामा यो परम्परा चलेको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । यस पर्वका अवसरमा मिथिलाक्षेत्रका सबैजसो मठमन्दिरमा अहिले झुलनोत्सव समारोह आयोजन गरिएका छन् । प्रत्येक साँझ रामसीताका प्रतिमा झुलाघर (उत्सवका लागि झुला राखिएको खास कोठा या घर) मा पु¥याइएपछि सन्त, महन्थ र सर्वसाधारणले रामसीताका महिमा गान गाउँदै पालैपालो रामसीताका प्रतिमा राखिएका झुला झुलाउँछन् । यसै अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठसँगैको ‘झुलाघर’ उत्सवमय बनेको छ । महोत्तरी र आसपासका मठमन्दिरबाट रामसीताका प्रतिमा यही ‘झुलाघर’ मा ल्याइएका छन् । महोत्सवमा सन्त र महन्थहरुको जमघटले आफ्नो नगर अहिले उत्सवमय बनेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । महोत्सवभर प्रत्येक साँझ प्रारम्भ हुने झुलनोत्सव मध्यरातसम्म जारी रहन्छ । यस क्रममा रामायण पाठ गर्ने, रामलीला मञ्चन गर्ने परम्परा छ । झुलनोत्सवका लागि प्राचीन मिथिला क्षेत्रका भारतको विहार राज्यको तिरहुतसम्मका सन्त रमहन्थ जम्मा भएका छन् । मठमन्दिरमा सिंहासन निर्माण गरी भगवान् रामसीताको प्रतिमा राखेर झुलाइने गरिएको हुँदा यो पर्वलाई झुलनोत्सव भन्ने गरिएको हो । झुलनोत्सवसँगै मिथिलामा साउन शुक्ल पञ्चमीका दिन ‘लगपाँच’ पर्व मनाइन्छ । नाग देवताको पूजाआराधना गरिने यो पर्वको प्रभावले सर्प आदिको भय नहुने जनविश्वास गरिन्छ । त्यसरी नै साउन शुक्लपक्ष प्रारम्भसँगै मिथिलामा राखी (रक्षाबन्धन) पर्वको रौनक बढ्छ । दाजुभाइ दिदीबहिनीबीच आत्मीय सम्बन्धको प्रतीक मानिने साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ को रमझम र पूर्वतयारी साउन शुक्लपक्षको प्रारम्भसँगै सुरु हुन्छ । मिथिलामा आयोजन गरिने महोत्सव, शुभकार्य र सबै कर्मकाण्डीय अनुष्ठान मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा निर्णय गरिन्छ । दुवै प्रचलित पञ्चाङ्गमा वर्षको पहिलो महिनाको गणना साउन शुक्लपक्षसँगै प्रारम्भ हुन्छ । वर्षको प्रारम्भ नै साउन शुक्लपक्षबाट सुरु हुने भएको हुँदा सबै चाडबाडको प्रारम्भ साउनदेखि नै हुने मान्यता मिथिलामा स्थापित भएको बर्दिबास–२ का पण्डित (प.) महेशकुमार झाको भनाइ छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology