Rato Samachar
Wed, 22 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार

मापसे गरेरै स्कुल बस सरर…

स्कुल भन्ने बित्तिकै सबैको मनमा बोध हुन्छ विद्याको मन्दिर । बालबालिकाको पहिलो गुरु आफ्ना बाबुआमा हुन् भने दोस्रो पढाउने शिक्षक हुन् । विद्यालयलाई विद्या र बुद्धिको मार्गदर्शकका रूपमा सबैले लिने गरेका छन् । त्यही विद्यालयमा दैनिक विद्यार्थीलाई ल्याउने लैजाने बस पनि विद्याको मन्दिरकै एउटा भाग हो । त्यसमाथि सुन्दर भविष्यको सपना बोकेर स्कुल जाने धेरै विद्यार्थीको जीवन चालकको स्टेरिङमा अडिएको पनि हुन्छ । त्यस्ता भविष्यका कर्णधार बोकेर शिक्षाको मुहानमा पुग्ने स्कुल बसका चालक भने रक्सी (मदिरा) पिएर बस चलाउँछन् भन्दा अनौठो लाग्नु स्वाभाविक नै हो । काठमाडौँ उपत्यकामा यस्तै घटनाहरु फेला पर्दै आएका छन् । उक्त घटना आज बिहान पनि दोहोरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाएको स्कुल बसको सुरक्षा जाँच अभियानका क्रममा मापसे गरेर गाडी चलाउने छ जना चालक भेटिए । प्रहरीले उक्त अभियान बिहान ५ः३० बजे ८ः३० बजेसम्म सञ्चालन गर्दा उनीहरु मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा फेला परेपछि कारबाही गरेको हो । यसरी मापसे गरेर बस चलाउने चालकहरुमा ओमेगा सेकेण्डरी स्कुल कुमारीपाटीको बा३क ९३५ नम्बरका बस चालक इन्द्रबहादुर श्रेष्ठ, टाइम इन्टरनेश्नल कलेजको बा१क ९४५६ नम्बरका बस चालक राजकुमार श्रेष्ठ र त्रियोग हाइस्कुलको बा१क ९३५६ नम्बरका बस चालक साङ्गेल शेर्पा रहेका छन् । त्यस्तै रेडियन्ट पब्लिक स्कुलको बा८च ९३८३ नम्बरका भ्यान चालक शिवकुमार क्षेत्री, ओरेन्ट इष्ट मन्टेश्वरी स्कुल बल्खुको बा१८च ९८०१ नम्बरका भ्यान चालक मनोज महर्जन र निटिज बोर्डिङ स्कुल कुपण्डोलको विएवी ००६४ नम्बरका भ्यान चालक भीमसेन नेपालीलाई समेत मापसे गरेर स्कुल बस चलाएको भन्दै कारबाही गरिएको छ । आजै मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियमानुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्का चालकमार्फत विद्यार्थीलाई गन्तव्यमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जना स्कुल बसका चालकलाई समेत कारबाही गरिएको जनाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउन ८ गतेदेखि स्कुल बस जाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म एक सय १७ वटा स्कुल बसका चालक कारबाहीमा परिसकेका छन् । तीमध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९५ जना चालक छन् ।रासस –––

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Скачать Pin Up kz: все доступные разделы и сервисы для пользователей

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology