बागमती प्रदेशको राजधानी हेटौंडा–९ लामसुरेधापमा रहेको मानवसेवा आश्रमले १० औं बसन्त पुरा गरेको छ ।
वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त स्थापना दिवस मनाउन लागिएको संस्थाका अध्यक्ष रामजी अधिकारीले बताएका छन् ।
उनले नितान्त सेवामा लागेर काम गर्ने अभियानमा देशलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र बनाउने महाअभियान नजिक पुग्दै गरेको समेत बताए ।

बिभिन्न संघ संस्था लगायतमा कार्यक्रम संचालन गर्ने बिभिन्न स्थानमा पुगेर स्पिच दिँदा आएको रकमले व्यक्तगित खचागर्ने र बचेको रकम समेत आश्रममा खर्चा गरेर खुसी हुने गरेको बताए ।

२०६९ भदौ १३ मा हेटौंडाको अब्बलडाँडाबाट सुरु भएको आश्रम अहिले आफ्नै भवनमा रहेको छ।

यसै सन्दर्भममा अध्यक्ष रामजी अधिकारी संग गरिएको कुराकानी ।।।