रोशन दिप – बहुप्रतीक्षित नेपाली चलचित्र ‘छक्का पन्जा ४’ प्रर्दशनमा आउदै छ ।
दिपक दिपाको समुहले निर्माण गर्ने चलचित्र प्रति दर्शक र चलचित्रकर्मीको चासो सधै हुने गर्दछ । झनै ‘छक्का पन्जा’ सिरिज त हयाट्रिक व्यापार गर्न सफल भएको चलचित्र हो। किनकी तीनवटै सिरिजले बम्पर व्यापार गरिसकेको छ ।
चलचित्रको रिलिज मितिको चौतर्फी चर्चा भैरहेको छ। प्राय दशैँमा रिलिज हुने ‘छक्का पन्जा’ सिरिज यो पटक दशैताका रिलिज भएन ।
तर यहि फाल्गुन १९ गते शुक्रबार देखि बहुप्रतीक्षित नेपाली चलचित्र ‘छक्का पन्जा ४’ नेपाल देश भरको बिभिन्न ठाउँमा रहेका चलचित्र घरहरुमा एक साथप्रर्दशनमा आउदै छ ।
यसै क्रममा जापानमा पनि ‘छक्का पन्जा ४’ प्रदर्सनमा आउदै छ ।
प्रवासी नेपाली मंच जापान गुन्मा क्षेत्रीय कमिटीद्वारा ओईजुमि गुन्मामा सुमन राज डल्लाकोटिको सम्योजकत्वमा यहि मार्च १९ मा ‘छक्का पन्जा ४’ प्रदर्सनमा आउने भएको हो ।
हलमा १६ बर्षमुनिको बालबालिको लागि टिकट निशुल्क गर्ने कमिटि अध्यक्ष नसिर मियाले बताए।
प्रतिब्यक्ती टिकट शुल्क २००० यान तोकिएको र मध्यान्तरमा निशुल्क खाजाको ब्यबस्था गरिने कमिटि सचिव ममता बिकले बताइन्।
ग्रुपमा टिकट लिदा केही सहुलियत प्रदान गरिने कमिटिको उपसचिव दिपेन्द्र गौतमले बताए।
नेपाली कला र सस्कृतिलाइ प्रवर्द्धन गर्ने उदेश्यका साथ प्रदर्शन गर्न लगिएको सो चलचित्रबाट उठेको रकमको नाफाबाट स्वास्थ्य शिबिर गर्ने कमिटिको गुन्मा प्रांतको इन्चार्ज एबम राष्ट्रिय कमिटी सदस्य बुद्दीराज लामा गोलेले जानकारी दिए।
कार्यक्रमको ब्य्वस्थापन गर्ने जिम्मेवारी भने प्रचारप्रसार बिभागको संयोजक प्रदिप तिम्सिनाले लिएका छन्।
हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक, दीपा, केदार, निर्मल, बुद्धि, राजसँगै बेनिशा हमला, मलिना जोसी, लुनिभा तुलाधर, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।
नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।यो फिल्मले रेकर्डतोड कमाई गर्ने देखिएको छ।





















प्रतिक्रिया दिनुहोस्