Rato Samachar
Tue, 27 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

पहिरापीडित त्रिपालमुनि बस्दै

कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । उनीहरु दुई वर्षदेखि चुरे–४ स्थित राष्ट्रिय वनमा अस्थायी टहरो बनाएर त्रिपालमुनि बस्दै आएका छन् । गत र अघिल्लो वर्षको साउनमा आएको पहिराले ती परिवार विस्थापित बन्न पुगेका थिए । गत कात्तिकको बेमौसमी वर्षाका कारण पहिरो खसेपछि उनीहरुको विचल्ली भएको हो । चुरे–४ मा पर्ने पनेरुगडा र टागगडाको राष्ट्रिय वनमा बसिरहेका ती परिवार हिउँद र वर्षायाममा कष्टकर जीवन बिताउँदै छन् । ती परिवारको व्यवस्थापनका लागि चुरेका जनप्रतिनिधिले प्रदेश सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराए पनि ध्यान जान नसकेको जनाइएको छ । विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिनुभयो । पहिराले जग्गाजमिन नै तहसनहस पारिसकेकाले पहिलेको ठाउँमा फर्कन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । चुरे गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर रोकामगरले पहिरापीडित लाई खानेपानी तथा खाद्यन्न समस्यामा परेको जानकारी दिनुभयो । गत वर्ष गाउँपालिकाले त्रिपाल सहयोग गरे पनि अन्य आवश्यक सहयोग गर्न नसकेको उहाँको भनाइ छ । पहिराबाट विस्थापित भएकाहरू पुरानै स्थानमा फर्कन सक्ने सम्भावना छैन । उनीहरु बस्दै आएको पुरानो बस्ती पहिराले तहसनहस पारिसकेको छ । कतिपय गाउँको जमिन नै भासिएको छ । विस्थापित परिवार धेरै रहेकाले उनीहरूको व्यवस्थापन गर्न सक्ने अवस्था छैन । वडा नं १, २, ४, ५ र ६ का पहिराबाट विस्थापित भएर चुरे–४ मा पर्ने पनेरुगडा र टागगडामा बस्दै आएका छन् । कतिपय परिवार चुरे –५ स्थित भीमदत्त राजमार्ग छेउमा पाल टाँगेर बस्दै आएका छन् । उनीहरु बसेको स्थानमा पहिराले घर पुरेपछि विस्थापित भएर सो राजमार्ग छेउमा बस्न बाध्य भएका हुन् । –––राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

2

बागमती प्रदेशः यी ६ मुख्यमन्त्री बन्ने दौडमा

3

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

4

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

5

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

6

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

7

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

8

Mastering Online Slot Strategies: Insights from Industry Leaders

9

मनहरी गाँउपालिका द्धारा पशु पालकका लागि अनुदान

10

दैलेखमा ग्यास बोकेको ट्रक दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology