नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ ।
सशान कँडेलको निर्देशनमा माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस बम ठकुरी कुल “ब्वाय”  र अभिनेत्री दिव्या रायमाझीको मुख्य अभिनय रहेको छ । आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्र सहित ट्रेलर सार्वजनिक गरिएको थियो । ओ.एस.आर. डिजिटलको युट्युब च्यानलमा सार्वजनिक ट्रेलरमा देखिए अनुसार कुलब्वाय र र अभिनेत्री दिव्या बीचको प्रेम सम्बन्धलाई देखाइएको छ।

 

…………………………………………………………………..

यस फिल्मलाई हेटौंमा NS cinemas, Narayani Mall Hetauda -4 हेर्न सकिन्छ ।
थप जानकारी लिन 057-520949 फोन गर्न सकिन्छ ।

………………………………………………………………….

कुल ब्वाय र अभिनेत्री दिव्या बीचको रोमान्टिक केमेस्ट्री सँगै सुशान्त कार्की कमेडियनमा लोकप्रिय कमाएका पदम तामाङको हँसाउने शैली र सन्तोष बानियाको विल्कुलै फरक अभिनयले चलचित्रप्रति दर्शक तानिने निर्माण पक्षको दाबी छ ।साथमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका चर्चित कलाकारहरुको प्रस्तुतीले थप उर्जा दिने बताएका हुन् ।

प्रर्दशनको नजिक आइपुग्दा चलचित्रले नेपालभरका हलहरूमा धेरै शो प्राप्त गरेकाले बक्स अफिसमा बलियो ओपनिङको सङ्केत दिएको निर्माण पक्षको भनाइ छ । चलचित्रका निर्माता तथा प्रस्तुतकर्ता अर्जुन पोखरेलले ‘बेहुली’ प्रदर्शनबाट निर्माताको भागमा आउने कमाइको भागबाट बाढीपीडित प्रभावितका लागि सहयोग गर्ने घोषणा पनि गसिकेका छन् ।

’बेहुली’को ट्रेलर सार्वजनिक गरिएपछि देश शोकमा रहेका बेला पनि चलचित्र क्षेत्रलाई चलायमान राख्न पर्ने बाध्यता चलचित्रमा कलाकार, प्राविधिक देख बिभिन्न पाटोमा कामगर्ने जोडिएकाले सबैको रोजगारी हेरिनुपर्ने कारण प्रर्दशन गर्न लागिएको बताए ।बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाटा हुँदा पनि पनि त्यसबाट ५ प्रतिशत दिइने बताएका हुन् ।

नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठले एक्सन कोरियोग्राफी गरेका हुन् । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस चलचित्रका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन् । यमप्रसाद ओली प्रोडक्सन हेड रहेको फिल्ममा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको ड्रेसडिजाइन रहेकोछ।