हेटौँडा- आज भएको स्वबियु निर्वाचनमा हेटौडा १९ बस्तीपुर स्थित निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नेतृत्वको प्यानल लेनै जित हाँसिल गरेको छ । अनेरास्ववियु नेकपा एमाले निकट बिद्यार्थी भातृ सङगठन हो । अनेरास्ववियुको तर्फबाट सरोज अर्यालले १ सय ३२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी जयबाहादुर रोक्काले ५१ मत मात्र प्राप्त गरेका थिए । सचिवमा पनि अनेरास्ववियुकै प्यानलका सुसन पौडेल विजयी भएका छन भने कोषाध्यक्षमा पनि अर्याल प्यानलकै सुर्य बल विजयी भएका छन । सदस्यहरुमा अनेरास्ववियु कै प्यानलका महेशकुरमार सापकोटा, सेसाप प्रजा, सुनिता बल, प्रमिला चौँलागाई तथा मिरा विशंखे जियी भएका छन । यो संगै मकवानपुरमा अनेरास्ववियुको प्यानलले चारवटा क्याम्पसमा जित दर्ता गरेको छ ।