नेपाल स्काउट चितवन अन्तर्गत रोभर–रेन्जर क्रिउ चितवनको आयोजनामा मित्रता, अभिवृद्धि, सहकार्य तथा क्षमता विकास गर्ने उद्देश्यले भेटघाट तथा प्रशिक्षण गरिएको छ।

कार्यक्रम‌को उद्घाटन नेपाल कोरिया विस्डम स्कुलमा प्राचार्य एवम स्काउटर कंकल रिजाल पाठकले गर्नु भएको हो। ए।एल।टी एवम चितवन आर आर क्रिउका अध्यक्ष रामप्रसाद पोखरेलको सभाध्यक्षतामा सञ्चालन गरिएको हो।

कार्यक्रमको पहिलो दिन विभिन्न प्रशिक्षण सत्र, समूहगत गतिविधि, तथा शिवरागीनी प्रज्वलन गर्ने र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको हो ।

शुक्रवार देखि शुरु भएको दुई दिने कार्यक्रम चितवनको राप्ती नगरपालिका २ गडौली स्थित नेपाल कोरिया विस्डम स्कुलमा आयोजना गरिएको हो।

कार्यक्रममा ए।एल।टी एबम एन।एस।जि।एफका उपसचिव दिनेश पाण्डे र स्काउटर अनुज प्रधानले प्रशिक्षण दिएका हुन्।

जसमा हेटौडा ओपन क्रिउबाट १५ जना, रत्न नगर आर आर ओपन क्रिउबाट १० जना र चितवन आर आर क्रिउबाट २० जना र कुरिन्टारबाट जिल्ला समनिय सदस्य यबम स्काउटर सीता ढकाल ,स्काउटर अभिषेक थापा मगर सहित कुल ४७जना सहभागी थिए।