हेटौंडा । बारा जिल्लाको करैयामाइ गाउँपालिकामा जारी तेस्रो संस्करणको करैयामाइ गोल्डकप फुटबल प्रतियोगितामा आयोजकको टिम अग्रतामा रहेको छ । बुधबार जारी अन्तिम क्वार्टरफाइनल खेलमा मकवानपुरको हेटौंडा फुटबल एकेडेमी विरुद्ध आयोजक टिम १–० गोलले अग्रतामा रहेको छ ।
आयोजकका लागि पहिलो हाफकै ४ मिनेटमा सुदन चौधरीले गोल गर्दै टिमले अग्रता दिलाएका हुन् । दोस्रो हाफको खेल भने केही बेरमा सुरु हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । फाइनल खेल असार ७ गते हुनेछ ।



















प्रतिक्रिया दिनुहोस्