स्थानिय तह निर्वाचान नजिकिँदै गर्दा बिभिन्न पदका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिइरहेका छन् ।
निर्वाचित भएपछि जनताका समस्या समाधान र सो स्थानको विकासलाई तिब्रता दिएर काम गर्ने प्रतिवद्धता सहित बिभिन्न दल तर्फका उम्मेवारहरु जनताको घर घरमा पुगेका छन् ।
यसैक्रममा मकवानपुर मनहरी गाँउपालिकाको उपाध्यक्ष पदको नेकपा एमाले तर्फको उम्मेदवारसुजिता थिङ घरदैलो अभियानमा व्यस्त रहेकी छन् ।
स्थानीय तहको निर्वाचनमा एमालेले उम्मेदवार बनाउने निर्णय गरेपछि मकवानपुरको कान्छी उम्मेदवारको रुपमा रहेकी २५ वर्षीया थिङ्ग समृद्ध पालिका बनाउछु भन्दै बिभिन्न वडाको घरघरमा टोली सहित पुगेकी हुन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरको जिल्ला सचिवालय सदस्य र यसअघि नेपाल सरकारको पहिलो कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको संघीय नमुना युवा संसद स्थापना तथा अभ्यास कार्यक्रममा सभामुखको भूमिका निर्वाह गरेकी थिङ्गले निर्वाचित भएमा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने गाउँपालिकाभित्रको जातजाती धर्म संस्कृतिको जगेर्नाको काम पनि गरिने बताईन् ।
बनकरिया बस्ति भ्मिहिनलाई व्यवस्थित गर्ने महिलामा पर्ने कठिन र असहजताको अन्त्य गर्ने लैङ्गिक हिंसा न्युनीकरण बाल बिवाह बहुबिवाह रोक्ने बालबालिकाहरुलाई हरेक समय सहजै शिक्षा प्राप्तगर्न पाउने व्यस्था बनाइने प्रतिवद्धता जनाईन् ।
बिभिन्न वडामा पुगेर पालिकाको सबै बस्तिालाई जोगाउन तटबन्धन लगायतको कार्यलाई प्राथमिकतामा राखेर काम गरिने योजनामा आफ्नो टोलीलाई विजयी गराउन आग्रह गर्दै पालिकाका सबै क्षेत्रमा सिप शिक्षा स्वास्थ्य लगायतका सुबिधा युक्त र समृद्धिका लागि बिभिन्न योजना तयार गरिएको बताएकी हुन्।
उम्मेदवार थिङ्ग भन्छिन् “५ वर्षमा जनतालाई चित्त बुझ्ने काम गर्छौं । हामीले काम गर्नलागि कुनैपनि समयमा पछि पर्दैनौ । जनताको भरोसा जितेको पार्टी नेकपा एमाले जनताकै काम गर्ने पार्टीको पक्षबाट म उम्मेदवार हुँ । पालिकाबासीले आर्शीवाद दिनुभएको छ । म लगायत मेरो समुहको पक्षमा जनता हुनुहुन्छ । काम गर्न पाउछौं । मलाई विश्वास छ ।”
अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङ नेकपा एमालेबाट मनहरी गाउँपालिकाको वडा नम्बर १ मा भीमसेन अधिकारी, २ मा निमा लामा, ३ मा मानबहादुर बल, ४ मा सानु कान्छा तितुङ्ग, ५ मा किशोर बर्तौला, ६ मा गोपी लामा, ७ मा नारायण सिं घिसिङ, ८ मा पुस्कर सुवेदी र ९ मा लक्ष्मण उप्रेती वडाअध्यक्षको उम्मेदवार रहेका छन् ।
…………………























प्रतिक्रिया दिनुहोस्