बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी १६ औं संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा उसु प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेपा)को कभर्ड हलमा उसो प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा उसुतर्फ मकवानपुरबाट छात्रातर्फ युना पुलामी मगरले एकलैले आफ्नो जिल्लाका लागि सान्शोउ विधामा ४८ केजी तौल समूहबाट तृतीय हुँदै काँश्य पदक दिलाउन सफल भएको टिम प्रशिक्षक जयराम रथाल मगरले जानकारी गराएका छन् ।

प्रतियोगितामा सहभागी भएका मध्य अन्य खेलाडीहरु पदल बिहीन हुँदा बागमती गाउँपालिका वडा नम्बर-६ की युना पुलामी मगरले एकल रुपमा पदक दिलाइन् ।

उसुतर्फ अन्य सहभागी ११ जना खेलाडी भने प्रतियोगिताबाट बाहिएर पदक बिहीन भएको प्रशिक्षक जयराम रथाल मगरले बताए । यस वर्षको प्रतियोगिता सबै भन्दा बढी बागमती गाउँपालिकाका खेलाडीहरुको सहभागिता रहेको र अन्य हेटौंडाको खेलाडीहरुको सहभागिता रहेको उनले बताए ।

यस वर्षको प्रतियोगितामा नयाँ अनुभूति खेलाडीहरूको उसो तर्फ सहभागिता रहेको कारणले धेरैपटक हासिल गर्न नसकेको उनले बताए । प्रतियोगितामा विश्वनाथ निर्णायकको रुपमा, आयुष लामा, लिज्जा प्रजा र रितिका खतिवडा टिम म्यानेजरको रूपमा प्रतियोगितामा सहभागी भएका थिए ।