नेकपा एकिकृत समाजवादी पार्टीका नेता बिरोध खतिवडाले अहिले गठबन्धनमा रहेका कुनैपनि दलको एमाले सँग चुनावी तालमेल नहुने बताएका छन्। मंगलवार गोरखामा पत्रकारहरु सँगको कुराकानीमा उनले भने ‘गठबन्धनका दलहरु बिच चुनावी तालमेलका विषयमा छलफल भईरहेको छ, एमाले सँग चाँही गठबन्धनका कुनैपनि दलको तालमेल हुँदैन।’ एकिकृत समाजवादी र एमाले बिच चुनावी तालमेलको संभवना छ भन्ने जिज्ञासामा उनले भने ‘
एमालेका अध्यक्ष केपी ओलीले राप्रपा सँग चुनावी गठबन्धन गर्ने उनले दावी गरे। ‘माधव नेपाल, प्रचण्डलाई कम्यूनिष्ट भएर कांग्रेस सँग गठबन्धन ग¥यो भनिरहेका छन्’ उनले भने ‘केपी ओली नागार्जुन र राप्रपा सँग गठबन्धनका लागि धाईरहेका छन्।’ उनले राजावादी सँग चुनावी तालमेल गर्ने खतिवडाले ग्यारेन्टी गरे।
आवश्यकता अनुसार सत्ता गठबन्धनका दलहरु बिच चुनावी गठबन्धन हुने बताउँदै उनले स्थानीय तहदेखि कै गठबन्धन गर्न संभव नहुने बताए। ‘सक्दा खेरी गठबन्धन गरेको राम्रो, तर सबै स्थानीय तहमा सकिन्न, उप महानगर र महानगरमा गठबन्धन गरेर जाँदा सहज हुन सक्छ’ उनले भने। चारवटै दलका शिर्ष नेताहरुको सहमती अनुसार गठबन्धन अघि बढ्ने उनले बताए। स्थानीय तहमा गठबन्धन भित्र रहेका दुई वा तीन दल बिच पनि सहकार्य हुन सक्ने उनले बताए। ‘जिल्ला स्तरका नेता बसेर आन्तरिक समझदारीमा पालिकाहरुको गठबन्धन हुन सक्छ’ उनले भने।
कांग्रेस सँग चुनावी गठबन्धन नभएमा जनमोर्चा, माओवादी, नेकपा एकिकृत समाजवादी लगायतका दलहरु बिच बाम गठबन्धन हुन सक्ने उनले बताए। गोरखा अस्पतालको नब निर्मित भबन उद्घाटन गर्न उनी गोरखा आएका हुन्।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो






















प्रतिक्रिया दिनुहोस्