आउँदो चैत्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक भएको छ।

डाक्टर डी.आर. उपाध्यायको शब्द बाबुल गिरी र रचना रिमालको स्वरमा सजिएको , बाबुलले संगित भरेको रोमान्टिक शैलीको गित ओसिआर युट्युव च्यानलमा सार्वजनिक भएको हो ।

विराज भट्ट र नायिका सुपुष्पा भट्ट भिडियोमा रोमान्टिक मुडमा देखिएका छन् भने गितले तारिफ पाइरहेको छ।

प्रेममा मग्न अनि मनका धाराणा व्यक्त गर्दै गरेको गितको लय अनि संगितको तालसैगै गितकै तालमा देखिएको नृत्यले दर्शको ध्यान तानेको छ ।
गित हेरेर आएको प्रतिक्रिया हेर्दा बिराज भट्टको पर्खाइमा दर्शक रहेको मान्न सकिन्छ ।

माइकल चन्दको निर्देशन चन्दकै कथा तथा पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको डी.ओ.पी. श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन रहेको छ ।
काला चरणको व्याकग्राउन्ड म्युजिक छ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीले लगानी गरेका हुन् ।

किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको यो चलचित्रको लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन्।

चलचित्रमा विराज भट्ट र सुपुष्पा भट्ट संगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय रहेको जानकारी गराइएको छ ।