हेटौंडा । सेवा, सहयोग र आवाजमा हामी नामक संस्थाले हेटौंडा फुटबल एकेडेमीलाई सहयोग गरेको छ ।
चितवनको रत्ननगर नगरपालिकाका जारी दोस्रो संस्करणको माधवपूर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी भएर सेमीफाइनलमा प्रवेश गरेका हेटौंडा फुटबल एकेडेमीका खेलाडीका लागि खुसी व्यक्त गर्दै संस्थाले सहयोग गरेको हो ।
संस्थाको तर्फबाट बुधबार संस्थाका अध्यक्ष विशालराज महत सहितको टोली फुटबल प्रशिक्षणको स्थान हेटौंडा–४,स्थित हुप्रचौरमै पुगेर स्याउ, केरा, पानी लगायत समाग्री एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई अध्यक्ष विशाल राज महतले हस्तान्तरण गरेका हुन् ।
संस्थाले मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५, स्थितज्योति प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री, हेटौंडा–१८, हनार्माडीस्थित वैद्धिक संंस्कृति गुरुकूलमा खाद्यान्न तथा फर्निचरको सामाग्री सहयोग गरिएको थियो भने हेटाडा–१९,स्थित लेकपानीमा रहेको जीवन ज्योति आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीका लागि न्यानो कपडा वितरण गरिएको बताए । माघ १९ गते बाजोपनका समस्याले पीडिहरुका लागि विशेषज्ञ डा. को सहयोग निःशुल्क स्वास्थ्य परीक्षण गरेको उनको भनाई छ । संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।
शनिबार भएको उद्घाटन खेलमा हेटौंडा फुटबल एकेडेमीले सूर्यपूर फुटबल क्लबको टिमलाई ४–३ गोलले टाइब्रेकरमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको थियो ।
फाइनलमा पुग्नका लागि चितवन जानुपूर्व जितको शुभकामना दिदै प्रशिक्षक .लामालाई जिल्लाको प्रतिनिधित्व गरेर सहभागी हुने खेलाडीहरुलाई हौसला प्रदान गर्न र मनोबल बढाउने प्रयास गरिएको अध्यक्ष महतले बताए ।
खेलाडीहरुको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न प्रतियोगितामा खेलाडीहरुलाई सहभागी गराउँदै आएकोमा खुसी लागेको बताए ।
प्रशिक्षक लामाले हेटौंडा–४,स्थित हुप्रचौरमा नियमित रुपमा ८० जना खेलाडीलाई फुटबल प्रशिक्षण दिँदै आइरहेका छन् । उनका अनुसार प्रशिक्षणमा सहभागी हुने खेलाडीहरु मध्ये ३० जना जुनियर र १६ जना सिनियर खेलाडीहरु पनि रहेका छन् । प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई नियमित एक घण्टादेखि डेढ घण्टा सम्म प्रशिक्षण दिने गरेका छन् ।
उनले महिला खेलाडीलाई महिला मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा समेत सहभागी गराएका थिए । गत वर्ष भारतको सिक्कीम राज्यमा सम्पन्न भएको इन्पिेन्डि डे फुटबल प्रतियोगितामा आफ्ना खेलाडीहरुलाई सहभागी गराएर नेपालको लागि उपाधि दिलाउन सेमत सफल भएका थिए ।
प्रशिक्ष लामा एएफसी बी लाइसेन्स प्राप्त फुटबल प्रशिक्षक हुन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा एकेडेमीका खेलाडी तथा संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
……………..


























प्रतिक्रिया दिनुहोस्