बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकामा चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सुरु भएको छ ।
संस्था स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ देखि सुरु गरेको राष्ट्रिय भेला ८ गतेसम्म चल्ने छ । जसमा देशभरबाट करिब २५० बढी पत्रकार र कलाकारहरू सहभागी छन् ।
भेला अन्तरगत आइतबार भएको कार्यक्रम सिनेमा पर्यटनको आधारलाई अघि सार्दै सिनेमा संवाद, अन्तक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुत लगायत विषयका ११ वटा सेसन सहित भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदा माथि छलफल भएको छ। त्यसैगरी प्रेस काउन्सिल नेपालले विट पत्रकारिता र हेटौडाका पत्रकारका लागि पत्रकार आचर संहितामाथी छलफल गरेको छ।बिज्ञापन बोर्डले अनलाईन व्यवस्थापक सम्बन्धी कार्यशाला गरेको छ।
कार्यक्रम हेटौडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाई, चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, नेफ्टाका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष शान्तिप्रिय, विदुर गिरी निवर्तमान अध्यक्ष दिनेश सिटौला, निर्माता आकाश अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, वानका केन्द्रीय उपाध्यक्ष उज्जवल चौलागाई, कलाकार सुशान्त श्रेष्ठ लगायतले मन्तव्य मार्फत आफ्नो भनाई राखे।
संघका केन्द्रीय अध्यक्ष समीर बलामीको सभाध्यक्षतामा भएको कार्यक्रम हेटौडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता भएको हो।
त्यसै गरी भोली फागुन ७ गते देखि मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरुमा संवाद र अन्तरकृया गरिने छ ।






















प्रतिक्रिया दिनुहोस्