मकवानपुर– मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता मंगलबार देख सुरु हुने भएको छ ।
हेटौंडा –६ स्थित गौरीटार रंगशालामा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुन लागेपछि स्थानीयहरु देखि बिभिन्न व्यक्तीहरु खुसी भएका छन्।
उक्त खेल हुने भएपछि रंगशाला चर्चाको विषय बनेको छ ।
खेलकै विषयमा वडन नम्बर ६ का वडाध्यक्ष विष्णु बहादुर दाहालले २०४० सालमा आफु १३ वर्षको हुँदा तत्कालिन राजा बिरेन्द्रले उद्घाटन गरेको बताए ।
सो समयमा अन्तरपालिका खेल भएको स्मरण गर्दै त्यस समएमा निकै सकस र समस्यामा पनि खेलका निम्ति समय दिएको र आजको अवस्थामा अन्तर्राष्ट्रिय गोल्डकप हुनु अतिनै खुसीको कुरा भएको वडाध्यक्ष दाहालले बताए ।
वडाको तर्फबाट सहयोग गर्नका लागि समन्वय गरेर बिभिन्न प्रचार प्रचारका लागि अघि सरेको बताए ।
बिभिन्न व्यक्तीदेखि स्थानियहरु समेत खुसी भएको र रंगशाला संरक्षणका निम्ति समेत आफुहरु रहने स्थानीहरुले भनिरहेको बताए ।
अध्यक्ष दाहालले भने ‘रंगशाला अनि खेल हाम्रो गौरब, सबैले माया गरिदिनु ।’














प्रतिक्रिया दिनुहोस्