रोशन दिप – दशैंको माहोल सँगै हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा आज कार्तिक २ गते बिहीबार देखी साउथ सुपरस्टार थलपति विजय स्टारर फिल्म ‘लियो’ रिलिज हुँदैछ ।

सुपरस्टारको उपस्थिति र लोकेश नागराज निर्देशित फिल्म भएकाले पनि फ्यानमाझ यो फिल्मलाई लिएर उत्साहजनक पर्खाइ थियो जुन फाइनल्ली आजबाट टुट्दै छ।

फिल्मको घोषणा भिडियोले ठुलै आँधी नै ल्यायो । साउथ इंडियामा यसले विस्फोटक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । नर्थ इंडियामामा ओपनिङ आक्रामक हुन सक्ने बलिउडका ठुला ठुला मिडीयाहरुले आँकलन गरेका छन्।

विजयलाई एक्सन अवतारमा देख्न सकिने कनगराजकै लेखन तथा निर्देशन रहेको फिल्ममा थलापति विजय, सञ्जय दत्त, तृषा, अर्जुन, प्रिया आनन्द, मनसूर अलि खानलगायत कलाकारको अभिनय छ। फिल्ममा ललित कुमारको लगानी छ।

कैथी, विक्रम र मास्टर जस्ता सफल फिल्म निर्देशन गरिसकेका निर्देशक कनगराजको यो यो प्यान इन्डिया फिल्म हो।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।