रोशन दिप – एनएस सिनेमा हल हेटौडामा वैशाख ८ शुक्रबार देखी बलीउड भाइजान सलमान खान स्टारर नयाँ फिल्म ‘किसी का भाई किसी की जान’ प्रदर्शनमा आउँदैछ ।
नेपालमा सलमानको क्रेज राम्रो रहेका र फिल्म नेपालमा प्रदर्शन हुने भएपछि सलमानले एक भिडियो सन्देशमार्फत् नेपाली दर्शकलाई सम्बोधन गर्दै फिल्म हेर्न आग्रह गरेका छन् ।
नेपालका मल्टीप्लेक्सहरुले फिल्मको बुकिङ खुल्ला गरिसकेका छन् । फिल्मलाई प्रायः मल्टीप्लेक्सहरुले उच्च शो दिएका छन् ।
फरहाद समजीद्वारा निर्देशित फिल्ममा सलमानका साथै वेंकटेश, पूजा हेगडे, जगपति बाबू, विजेन्द्र सिंह, सिद्धार्थ निगम, शहनाज गिल, जगपति बाबू, जस्सी गिल, पलक तिवारीलगायतको अभिनय छ ।
सलमा खान निर्माता रहेको फिल्ममा जगपति र विजेन्द्र भिलेनको भूमिकामा छन् । भारतमा आक्रामक एड्भान्स बुकिङ भैरहेको फिल्मले ३० करोडमाथिको ओपनिङ गर्नसक्ने देखिन्छ ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्