मकवानपुर जिल्ला फुटबल संघद्वारा आयोजित स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तरास्ट्रिय फुटबल चौथो संस्करण २०७९ मकवानपुर फुटवल प्रतियोगितामा देखाइएको खर्च प्रति हेटौंडा ५ संयुक्त युवा क्लबका संयोजक विशालराज महत सहित युवाहरुले आपत्ती जनाएका छन् ।
यसअघिपनि माघ १२ गते बिहिबार हेटौंडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामा र जिल्ल समन्वय समिति मकवानपुरमा पनि ध्यानाकर्षण गराइएको बताए ।
उनले फुटवल प्रतियोगिता व्यक्तीको नभई देशकै चासो भएकाले पनि खर्चबिबरण बारे नागरिकले जान्ने अधिकार भएकाले बिवरण प्रष्ट पार्न माग गरिएको बताएका हुन् ।
यसबारे फुटबल संघका अध्यक्षसंग पनि कुरा गरि सिहसाव मागिएको महतले बताउका हुन् ।
फुटबल संघले प्रतियोगिता गराएर राम्रै गरेको हो तर, लाखौं खर्च अदृश्य गरेको प्रष्ट पर्नका लागी छानविनको माग गरेको बताइरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्