नेपाल नर्सिङ संघ मकवानपुरको तेस्रो अधिबेसन सम्पन्न भएको छ ।
संघका अध्यक्ष कुन्ता दाहालको सभाध्यक्षता हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।
यसैविच स्वास्थय क्षेत्रमा आबद्ध रहेकाहरुको छाता संगठनको सोमबार भएको तेस्रो अधिबेसनमा बोल्दै स्वास्थ्य क्षेत्रको बिकासका लागि उपमहानगरपालिका हरपल रहने मेयर लामाले प्रतिवद्धता जनाइन् ।
सोहीक्रममा नयाकार्उ समिति चयन गरिएको छ । संघको अध्यक्षमा गंगा दाहाल चयन भएकी छन् ।
अधिवेशनले दाहालको नेतृत्वमा १५ सदस्यीय चयन गरेको हो भने समितिको उपाध्यक्षमा निर्मला भ्लोन, सचिब अमृता श्रेष्ठ, सहसचिव सुवणा कार्की र कोषाध्यक्षमा सानीकान्छी मोक्तानलाइ चयन गरिएको हो ।
निर्वाचन मण्डलका उत्सब चौलागाइले बताए अनुसार सदस्यहरुमा सविता पौडेल, देवकी खतिवडा, अम्बिका पन्त, प्रतिमा शाक्य, शुससिला श्रेष्ठ, शुष्मा तिवारी, मुना थापा, ज्योति मगर , कृतिका आचार्य र लक्ष्मी भुषल चयन भएका हुन् ।
कार्यक्रममा नेपाल नर्सिड्ड संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश सुव्वा, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डिन दुर्गा खड्का, हेटौंडा अस्पताल सञ्चालक समितिका सदस्य उत्सब चौलागाई, हेटौंडा उपमहानगर जनस्वास्थ्य अधिकृत भोला चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।





















प्रतिक्रिया दिनुहोस्