मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाद्वारा आयोजित स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तरास्ट्रिय फुटबल चौथो सस्करण २०७९ मकवानपुर फुटवल प्रतियोगितामा देखाइएको खर्च चित्त नबुझेको भन्दै  हेटौंडा -५ संयुक्त युवा क्लबका संयोजक विशालराज महत सहित युवाहरुले ध्यानाकर्षण गराएका छन् ।

यसैक्रममा जिल्ल समन्वय समिति मकवानपुरमा ध्यानाकर्षण गराएका हुन् ।

हेटौंडा ५का बिसाल राज महत सहितका युवाहरुले जिससका प्रमुख ललित घलानलाई ध्यानाकर्षण पत्र बुझाउदै फुटवल प्रतियोगितामा देखाइएको  खर्चबिबरण बारे नागरिकले जान्ने अधिकार भएको भन्दै युवाहरु कार्यालय पुगेका हुन् ।

यसैविच प्रमुख ललित घलानले आफु कानुनी अधिकार पूाप्त नभएपनि यसबारे सम्बन्धित निकाय सम्म यो पुर्याउने बताए ।
युवाहरुले यसअघिपनि माघ १२ गते बिहिबार हेटौंडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामालाई ज्ञापनपत्र बुझाएका थिए ।

मकवानपुर जिल्ला फुटबल संघले प्रतियोगिता गराएर लाखौं खर्च अदृश्य गरेको प्रष्ट पर्नका लागी छानविनको माग गरेको बताइरहेका छन् ।