हेटौंडा उपमहानगरपालिका वढा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले शैक्षिकस्तर सुधारमा प्राथमिकता दिईएको र गुणस्तरीयताको लागि केन्द्रीत रहेर काम गरिएको बताएका छन् ।
वडा कार्यालयद्वारा आयोजना गरिएको र वडा शैक्षिक गुणस्तर सुधार समितिद्वारा व्यवस्थापन गरिएको एकदिने आधाभूत गणित शिक्षा सहजीकरण कार्यशालाको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
भुटनदेवी माविमा भएको कार्यशालामा वडाका ६ वटा माविका १८ जना सहभागी भएका थिए भने साही कायर्उक्रममा बोल्दै वडाध्यक्ष सिग्देलले विधार्थीमा गुणस्तरीय शिक्षा प्रवाह गर्नको लागि शिक्षकहरु आफै नयाँ नयाँ विषयबस्तुमा केन्द्रित रहेर सृजनात्मक अध्यापनमा जोड दिनुपर्नेबताए ।
कार्यशालाको सहजीकरण विषय शिक्षक दीपक अधिकारीले गरेका हुन् ।
कार्यक्रममा नवदोय माविका प्राचार्य दुर्गा भट्टराई, ब्रम्हदीप एकेडेमीका कुमार बाँनिया, भुटनदेवी मावि व्यवस्थापन समिति सदस्य कमला दाहालको उपस्थितिमा भएको कार्यशालाको कार्यक्रमको उद्घाटन सभाध्यक्ष भुटनदेवी माविका प्रअ माधव दाहालले गरे ।

…………
त्यस्तै, श्रमिक माविमा छात्रवृद्वि वितरण तथा त्रैमासिक परि कार्यक्रम भएको छ । बिद्यालय व्यवस्थापन समितिका कावा अध्यक्ष रिता दाहालको सभाध्यक्षता वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख अतिथ्तामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा निर्वाचित वडा सदस्य गीता त्रिपाठी, विध्यालयका सह(प्रधानाध्यापक गोपिरमण प्याकुरेललगायतको उपस्थिति रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्