रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौँडामा भाटभटेनी सुपर स्टोर संचालनमा आएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि हेटौंडा उपमहानगरपालिका वडा नं २, चौकीटोलमा २० औं शाखको रुपमाा बुधबारदेखि मार्केटका अध्यक्ष मीन बहादुर गुरुङद्धारा शुभारम्भ गरिएको हो ।
सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले करिब १ सय ५० करोडको लगानीमा सञ्चालनमा ल्याइएको बताउदै सबै प्रदेश तथा मुख्य शहरहरुमा विस्तार गर्ने अभिायनमा रहेको जानकारी दिए ।
देशभर २० वटा स्टोर सञ्चालनमा आएको र अन्तराष्ट्रिय स्तरको सपिङ्ग सुविधाको अनुभव स्वदेशमै हुने विश्वास भएको र बेरोजगारहरुलाई रोजगार प्रदान गर्ने र आयबाट सामाजिक सेवा पनि दिने उद्देश्य रहेको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताए।
काठमाडौंमा ९ वटा शाखा, ललितपुरमा दुई वटा, भक्तपुर, धरान, विराटनगर, भरतपुर, पोखरा, बुटवल, भैरहवा,नेपालगञ्ज,इटहरीमा एकएक वटा शाखा संचालनमा रहेको छ । काठमाडौंमा २ र धनगढीमा १ वटा थप भाटभटेनी संचालनमा ल्याउने तयारी रहेको संचालक गुरुङले जानकारी दिए ।
सेवासँगै आर्थिक चलायमान भएर पर्यटनमा पनि टेवा पुग्ने र व्यवसायसँगै मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने,धेरै भन्दा धेरैलाई रोजगार प्रदान गराइने उनको धारणा छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताए अनुसार चौकी टोलमा खरिद गरिएको १४ कठ्ठा ५ धुर जग्गामा स्टोरको २ वटा बेसमेन्टसहित ८ तले भवनमा निर्माण भएको भाटभटेनीमा भवनको कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिट छ ।
शाखा शुभारम्भको अवसर पारेर इलोक्ट्रीन्क्स सामाग्रीमा २० प्रतिशत र अन्यसामाग्रीमा १० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।
इलोक्ट्रोनिक सामाग्री खरिद गर्ने सेवाग्राहीहरुको लागि निःशुल्क घरदैलो सेवा समेत उपलब्ध रहेको र यो सेवा करिब २५ किलोमिटर क्षेत्रभित्रका सेवाग्राहीहरुको लागि समेत रहेको छ ।
भान्छामा प्रयोग हुने इलोक्ट्रोनिक, खाद्यान्य, तरकारी तथा फलफुल, बालबालिकाका खेलौना, श्रृङ्गारका सामग्रीलगाएत व्यक्तीहरुका लागि आवाश्यक सामग्री लगायत दैनिक उपभोग्य सम्पूर्ण सामानहरु उपलब्ध रहेको छ ।























प्रतिक्रिया दिनुहोस्