मकवानपुरको मनहरी गाँउपालिकाले बाबु आमा विहिन बालबालिका संरक्षणको लागि मनहरी गाउँपालिकाले सूचना जारी गरेको छ ।
बाबु आमा विहिन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत बाबु आमा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितता गरी सामाजिक संरक्षण प्रदान गर्ने उद्देश्यले कानून बमोजिम मासिक भत्ता उपलब्ध गराउने प्रयोजनका लागि सुचना जारी गरेको हो ।
………………….
बिषयः बाबु आमा विहिन बालबालिका संरक्षणको लागि मनहरी गाउँपालिकाद्धारा जारी सूचना ।
बाबु आमा विहिन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत बाबु आमा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितता गरी सामाजिक संरक्षण प्रदान गर्ने उद्देश्यले कानून बमोजिम मासिक भत्ता उपलब्ध गराउने प्रयोजनका लागि तपशिलका योग्यता पुगेका व्यक्तिहरुले तल उल्लेखित कागजातहरु सहित यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस कार्यक्रम बमोजिम भत्ता प्राप्त गर्न योग्य बालबालिकाले वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले यस मनहरी गाउँपालिका अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
आवेदनको साथमा देहायका कागजातहरु संलग्न गर्नुपर्नेछ :
जन्मदर्ता प्रमाण पत्रको (नागरिकता भएमा नागरिकताको) प्रतिलिपि,
बाबु आमा दुवैको मृत्यु दर्ताको प्रतिलिपि वा बाबु आमा दुवै बेपत्ता भएको वा दुवैको संरक्षक र रेखदेखबाट बञ्चितिमा परेको प्रमाणित कागजात,
विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र ( ५
वर्ष उमेर पुगेको बालबालिकाको हकमा मात्र ) ।
भत्ता प्राप्त गर्न योग्य बालबालिका
बाबु र आमा दुवैको मृत्यू भएको वा दुवै बेपत्ता भएको वा दुवैको संरक्षण र रेखदेखबाट बञ्चित भई अरुको संरक्षणमा रहेको
१८ वर्ष उमेर पुरा नगरेको ।
५ वर्ष पूरा गरेको बालबालिकाको हकमा विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको । कुनै गैर कानुनी वा अपराधिक कार्यमा संलग्न नभएको ।
(पुनश्च : यस अघि भत्ता प्राप्त गरेका बालबालिकाहरुले पनि माथि उल्लेखित कागजात सहित अनिवार्य रुपमा नविकरण गराउनु पर्नेछ, तोकिएको समय अवधिभित्र नविकरण नगरि सो सुविधाबाट वञ्चित भएमा कार्यालय जवाफदेही हुने छैन)





















प्रतिक्रिया दिनुहोस्