विराटनगर महानगरपालिका वडा नम्बर ५ ले कर संकलन अभियान सुरू गरेको छ। विराटनगर ५ स्थित वरगाछिबाट शुक्रबार देखि कर संकलन अभियान सुरू गरेको हो।
विराटनगर वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेको नेतृत्वमा वडा कार्यालयको टोलीले विराटनगरको वरगाछीका पसलहरू दर्ता भए नभएको, नविकरण गरेनगरेको अनुगमन गरेको वडा अध्यक्ष सन्तोष न्यौपानेले बताए। धेरै व्यवसायीहरू करको दायरामा नआएको देखिएकाले करको सबै कर दाताहरूलाई करको दायरामा ल्याउने उद्देश्यले अभियान सुरू गरिएको न्यौपानेको भनाइ छ। कर संकलन अभियानमा व्यवसाय दर्ता गरेनगरेको मात्रै नभई घर बहाल कर तिरे नतिरेको, घरको नक्सा पास गरे नगरेको, फोहोर मैला उठाउने पैसा तिरे नतिरेको लगायतका लगत संकलन गरिरहेको वडा नम्बर ५ का सचिव पुस्कर नाथ ढकालले बताए।
पुस १ गते देखि सुरू गरेको अभियान ३ महिना सम्म सञ्चालन गरिने वडा नम्बर ५ को कार्यालयले जनाएको छ। यसैबीच विराटनगर महानगरपालिकाले पनि विराटनगरको पुष्पलाल चोकबाट अभियान सञ्चालन गरेको छ। राजस्व महाशाखा प्रमुख सरोज गौतमको नेतृत्वमा विराटनगरको पुष्पलाल चोकबाट कर संकलन अभियान सुरू गरिएको हो। पहिलो चरणमा व्यवसाय तथा व्यवसायिक प्रयोजनका भवनहरूको लगत संकलन गरिने र दास्रो चरणमा नीजि तथा सार्वजनिक भवन तथा संरचनाहरूको पनि नक्सा पास गरे नगरेको, राजस्व तिरे नतिरेको बारेमा अनुगमन गरी नियमन गर्ने विराटनगर महाननगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्