हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का जगत बहादुर सुनार सहितले केही दिनदेखि जग्गा फिर्ता गराई पाउँ भन्दै धर्ना दिएका छन् ।
जग्गा फिर्ताको माग सहित हेटौंडाको मुटु बुद्धचोक स्थित नियमराज शाक्यको घरमा भएको भाँडा पसल अगाडी जगतबहादुर सहितले ११ औं दिन देखि धर्ना दिएका हुन् ।
यसैक्रममा नियमराज शाक्य सहितले आइताबार धर्नाका बसेको विषयमा अबरोध समेत गरेका थिए ।
आफ्नो नाम प्रतिष्ठामा आँच आउने काम गरिएको भन्दै आइताबार जगतबहादुर पक्षलाई धकेलेका थिए भने, झडपको अवस्था आएको थियो ।
जग्गा फिर्ता गराई पाउँ भन्दै केही दिनदेखि शान्तिपुर्ण धर्ना दिएका हरुमाथि हातपात हुनु र हस्तक्षेप गर्नु गलत भएको बताएका छन् ।
यसै विषयमा बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोकमै यसरी धर्ना बसिरहदा सहजी करणमा किन जोड नदिएको भनि गरिएको प्रश्नमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर एवंम् न्यायक समिति संयोजक राजेश बानियाले मुद्धा न्यायलय सम्म पुगेकाले यसमा आफुहरु बोल्न नमिल्ने बताए ।
बानिया भन्छन् “तर, पनि दुबै पक्षलाई छलफलका लागि बोलाउदा नियमराज आउनु भएको छैन । दुबै पक्षलाई बोलाएर छलफल गरि सहजिकरण गर्छु ।”
तर, पनि सहजिकरण हुन सकेको छैन । नियमराज पक्षले न्यायलयले फैसला गर्ने बताई रहेका छन् ।
यता तत्तकालिन समयमा व्यवसायी शाक्यले दृष्टिबन्धकीको नाममा आफु र आफ्नो बाबु पदमलाल सुनारलाई जालझेल गरेर ११ कठ्ठा १६ धुर जग्गा राजिनामा पत्रमा हस्ताक्षर गराएको जगतको आरोप छ ।
घटना १९ बैशाख २०५४ साल १० साउनको भएको र २०५९ सालमा जग्गा फिर्ताको लागि पहल गर्दा पनि आज सम्म चासाृे नदिएकाले आफु धर्ना बस्न बाध्य भएको सुनारको भनाई छ ।
ऋण चुक्ता गरेर जग्गा फिर्ता लिन खोज्दा शाक्यले बारम्बार झुक्काइरहेको बताएका जगत “२५ वर्षदेखि मलाई दुःख दिइयो । मेरो जग्गा फिर्ता पाउँ नियमराज शाक्य मेरो जग्गा फिर्ता गर।” लेखिएको व्यानर सहित धर्नामा बसेका हुन् ।
आफुलाई पिडित बताई रहेका जगत सहितले सोमबार पनि धर्नालाई निरन्तर दिएका छन् ।
विगत २५ वर्षदेखि अल्झिएको जग्गा बिवादले किन आखिर पाएन निकास ?




















प्रतिक्रिया दिनुहोस्