हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित एकघरको ग्यारेजमा आगलागी भएको छ ।
हेटौंडा क्याम्पस र कृष्ण प्रणामी मन्दिरको बिच नर्सिङ कलेज पछाडि रहेको घरको ग्यारेजमा आगागी भएको हो ।
स्थानीयका अनुसार बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने उल्लेख छ ।
आगलागीका कारण ग्यारेजमा भएको कार मोटरसाइकल लगायतका सम्पुर्ण सामग्री जलेर नष्ट भएको हो ।
आगलागीको खबर पाएपछि २ वटा दमकल पुगेको हो । मकवानपुर प्रहरी, सस्त्र प्रहरी, नेपाल आर्मी, स्थानियहरु सहितको प्रयासमा आगलागी नियन्त्रण भएको छ ।
दन्किरहेको आगो नियन्त्रकालागि अधिकांस सस्त्र प्रहरीहरु देखिएका थिए ।
प्रहरीहरुमा प्रहरी महिला पनि पुरुष सरह नै खटिएका हुन् । ग्यारेजमा भएका सामाग्री करोडैं भन्दा माथि क्षति भएको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।
विस्तृत विवरण भने आउनै बाकी छ । आकस्मीक रुपमा आईपर्ने विपत्त व्यवस्थापनमा कमजोरी भएको गुनासो पोख्दै आगलागी भएको खबर पाएपछि करिव २५ मिनेट पछि दमकल पुगेको स्थानीयवासीले बताएका छन् ।





















प्रतिक्रिया दिनुहोस्