मकवानपुर घरजग्गा व्यवसायी संघ र हेटौँडा उपमहानगरपालिका विच भएको विवाद टुङएिको छ ।

केहिदिन अघि देखी संघले जग्गा बर्गीकरणको कामलाई ढिलासुस्ती गरेर आलटाल गरेको भन्दै गनिे भनिएको आन्दोलनको कार्यक्रमलाई स्थगित गरिएको जनाएकोहो ।

मंगलबारनै मेयर,उपमेयर, लगाएत बिभिन्न व्यक्ती पदाधिकारी तथा राजनितिक दलका प्रतिनिधिहरु सहित बसेर मंसिर ४ गतेको निर्वाचन पछि जग्गा बर्गीकरणका कामहरुलाई अगाडी बढाउने मौखिक सहमती भएपछि पछि आफना सबै घोषित कार्यक्रमहरु फिर्ता लिएको अध्यक्ष धुर्ब घिमीरेले बताए ।

बुधबार बिहान मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष घिमीरेले उपमहानगरका मेयर मिनाकुमारी लामाले व्यवसायीहरुको समस्या समाधान गर्न आगामी मंसीर ४ गते हुने निर्वाचन पछि चरणवद्ध बर्गीकरणका कामहरु अगाडी बढाउने मौखिक सहमती गरेकाले आफना घोषित कार्यक्रमहरु फिर्ता भएको जनाएका हुन् ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले निर्वाचन आचरसहिंताका कारण नीतिगत निर्णयहरु गर्न समस्या भएकाले मंसिर ४ गतेको निर्वाचन पछि कार्यहरु अगाडी बढाउने तयारी भएको बताए ।

पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, मकवानपुर घरजग्गा व्यवसायी संघका सल्लाहकार हेम अधिकारी,हेटौडा ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, व्यवसायी, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।