बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मनोरम पर्यटकीय क्षेत्र शहीद स्मारक नजिकै सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ ।
हेटौंडा –११ स्थित शहीद स्मारकमा ४ जना युवाको लगानीमा ३३ करोड लागतमा निर्माण भएको सुविधासम्पन्न होटल सञ्चालनमा आएको हो ।

प्रदेशको राजधानी भएसंगै पर्यटक क्षेत्र समेत रहेको स्थान भएकाले पनि सञ्चालन गरिएको सञ्चालक बालकृष्ण बजगाईंले बताएका छन् ।

मौलिकता झल्कने गरी काठका डिजाइनलाई समावेश गरेर होटलहरूको भीडमा फरकपन दिने उद्देश्यले आधुनिक डिजाइनमा तयार गरिएकाले पनि यसको महत्व हुने बजगाईंको भनाई छ ।

१२ कट्ठा ११ धुर क्षेत्रफलमा फैलिएको स्थानमा बनेको भवनमा रहेको होटलमा ३ हजार ५ सय रुपैयाँदेखि १८ हजार रुपैयाँ सम्मका कोठा उपलब्ध रहेका बजगाईंले जानकारी दिए ।

३सय जना क्षमताको बैंङ्क्वीट हल, १ सय ५० जना क्षमताको सभा हल हप्ताको ७ दिन नै सञ्चालन हुने गरी स्वीमिङ पुल र पार्किङको सुविधा पनि व्यवस्थापन गरिएको र बिभिन्न सुविधा समेत उपलब्ध रहेको बताएका छन् ।