बागमती प्रदेशको राजधानी हेटौंडामा टिभिएसले ग्राण्ड एक्स चेन्ज मेला ल्यायने भएको छ ।

यहि भदौ २९ देखि असोज ३ गतेसम्म हेटौंडा–४ स्थित फरिष्ट्रे नजिकै टिभिएसको आधिकारिक विक्रेता हेटौंडा अटो मार्टको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा ग्राण्ड एक्स चेन्ज मेला लाग्ने भएको हो ।

कुनै पनि कम्पनीको पुरानो मोटर साइकल छाडेर टिभिएसको मोटरसाइकल वा स्कुटर लैजान सकिने अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताए ।

६ दिने उक्त कार्यक्रममा १सय वटा नयाँ टिभिएसको बिक्री गरिने लक्ष्य लिएको र सो लक्ष्य सहजै पुरा हुने अनुमान गरिएको सञ्चालक बरुवालको भनाई छ ।

चाडपर्व लक्षित ‘कायापलट’ नामको विशेष योजना पनी सार्वजनिक गरे संगै ग्राहकवर्गहरुले आफ्नो सवारी साधनको एक्सचेञ्ज गर्दै पुरानो साधनको बजार मूंल्याकन भन्दा रु ७ हजार थप प्रदान गरिने ‘बबाल फाइनान्स स्किम’अन्तरगर्त न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट र मासिक जम्मा ४हजार २सय ७७ रुपैयाँमा ‘स्पट फाइनान्स’ सुबिधा संगै अन्य उपहारहरु समेत प्रदान गरिने बताए।

यस योजनामा टिभिएसको कुनै पनि मोडल खरिद गर्दा पाँच पटकसम्म पुरस्कारहरु प्राप्त गर्न सक्ने छन् भने खरिद गर्नुअघि नै १ लाख र खरिदपछि १० लाखसम्मको नगद प्राप्त गर्न सकिने र हरेक दिन एकजना भाग्यशाली बिजेतालाइ रिएल मिसि ३० स्मार्ट मोबाइल उपहारको व्यवस्था गरिएको छ ।

साथै भाग्यसाली एक जनालाइ बम्पर उपहार रु ५० लाख नगद पुरस्कार उपलब्ध गराइने समेत उनले जानकारी दिए ।

उनले बताए अनुसार टिभिएसमा न्यूनतम १ लाख ४२ हजारदेखी ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटीहरु रहेको छ ।