राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुमा भ्रष्टार र बेरोजगारी बढ्दै गएको आरोप लगाउनुभएको छ । स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उहाँले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), मधेसवादीलगायत ठुला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको जिकिर गर्नुभयो । उहाँले बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न राष्ट्रसेवा कर्मचारी तथा नेताको सम्पत्तिको छानविन गर्न आवश्यक रहेको बताउनुभयो ।रासस