बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार बिहान ८ बजेदेखी मत गणना  सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।

आज सम्पन्न वडाको मतगणनामा  वडा नं १६ को वडाध्यक्षमा नेपाली काँग्रेसका रामकृष्ण कोइराला र १७ मा नेपाली काँग्रेसका उद्धव सत्याल बिजयी भएका छन् ।
आज सम्पन्न वडाको मतगणनामा कोईरालाले ३३३ मत ल्याएर विजयी भएका हुन् ।उनका प्रतिद्धन्द्धी नेकपा एमालेका बसन्त लामिछानेले १५९ मत प्राप्त गर्दै पराजित भए ।

यस्तै हेटौंडा १७ मा काँग्रेसका उद्धव सत्यालले १३१४ मत ल्याई बिजयी भएका हुन् ।
उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मण बहादुर खुलालले ११३६ मत पाएर पराजित भए ।